Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

हवाई टिकटमा मनपरी रोक्न जुम्लामा कोटा छुट्याउने सहमति


काठमाडौं। लामो समयदेखि जुम्ला विमानस्थलमा हवाई टिकट वितरणमा देखिएको मनपरी रोक्न सरोकारवालाले कोटा प्रणाली लागू गर्ने सहमति गरेका छन् ।

उक्त विमानस्थलमा निजी हवाई कम्पनीले मनपरी रूपमा टिकट बाँड्ने, विमानस्थलबाहिर कार्यालय नखोल्ने, फोनको भरमै आफन्तलाई टिकट दिने र सर्वसाधारण नागरिकले सहजै टिकट नपाउने जस्ता गुनासो बढेपछि विमानस्थल कार्यालयले सर्वपक्षीय बैठक बोलाएको थियो ।

त्यसैगरी, सर्वसाधारण र बिरामीले जहाजको टिकट पाउन सहज नभएको गुनासो आएपछि सर्वपक्षीय बैठक आह्वान गरिएको पजल्ला प्रशासन कार्यालयले जनएको छ । सो बैठकले विमानस्थलमा टिकट वितरण प्रक्रिया पारदर्शी हुनुपर्ने र एक दिनअगावै यात्रुको हातमा टिकट थमाइसक्नुपर्ने निर्णय गरेको छ भने जुम्ला विमानस्थलमा सञ्चालित प्रत्येक वायुसेवा कम्पनीले आपसमा सहकार्य गरेर टिकट वितरण सहज बनाउनुपर्ने र हरेक विमान कम्पनीले १० सिट सर्वसाधारणका लागि उपलब्ध गराउनुपर्ने निर्णयसमेत गरेको जनाइएको छ ।

त्यस्तै, प्रत्येक उडानमा बिरामी, अशक्त र सुरक्षाकर्मीका लागि दुई-दुई सिट, जिल्ला प्रशासनका लागि दुई सिट जहाज उड्ने अन्तिमसम्म छुट्याउनुपर्ने र अत्यावश्यक काम भएका यात्रुलाई प्राथमिकतामा राखिनुपर्ने निर्णय गरिएको छ ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?