Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

हवाई टिकटमा मनपरी रोक्न जुम्लामा कोटा छुट्याउने सहमति


काठमाडौं। लामो समयदेखि जुम्ला विमानस्थलमा हवाई टिकट वितरणमा देखिएको मनपरी रोक्न सरोकारवालाले कोटा प्रणाली लागू गर्ने सहमति गरेका छन् ।

उक्त विमानस्थलमा निजी हवाई कम्पनीले मनपरी रूपमा टिकट बाँड्ने, विमानस्थलबाहिर कार्यालय नखोल्ने, फोनको भरमै आफन्तलाई टिकट दिने र सर्वसाधारण नागरिकले सहजै टिकट नपाउने जस्ता गुनासो बढेपछि विमानस्थल कार्यालयले सर्वपक्षीय बैठक बोलाएको थियो ।

त्यसैगरी, सर्वसाधारण र बिरामीले जहाजको टिकट पाउन सहज नभएको गुनासो आएपछि सर्वपक्षीय बैठक आह्वान गरिएको पजल्ला प्रशासन कार्यालयले जनएको छ । सो बैठकले विमानस्थलमा टिकट वितरण प्रक्रिया पारदर्शी हुनुपर्ने र एक दिनअगावै यात्रुको हातमा टिकट थमाइसक्नुपर्ने निर्णय गरेको छ भने जुम्ला विमानस्थलमा सञ्चालित प्रत्येक वायुसेवा कम्पनीले आपसमा सहकार्य गरेर टिकट वितरण सहज बनाउनुपर्ने र हरेक विमान कम्पनीले १० सिट सर्वसाधारणका लागि उपलब्ध गराउनुपर्ने निर्णयसमेत गरेको जनाइएको छ ।

त्यस्तै, प्रत्येक उडानमा बिरामी, अशक्त र सुरक्षाकर्मीका लागि दुई-दुई सिट, जिल्ला प्रशासनका लागि दुई सिट जहाज उड्ने अन्तिमसम्म छुट्याउनुपर्ने र अत्यावश्यक काम भएका यात्रुलाई प्राथमिकतामा राखिनुपर्ने निर्णय गरिएको छ ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?