Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

‘हात्तीछाप’ माघ २६ देखि नेपालसहित दक्षिण कोरिया र जापानमा


काठमाडौं। दयाहाङ राई र सौगात मल्ल स्टारर ‘हात्तीछाप’ नेपालसहित दक्षिण कोरिया र जापानमा रिलिज हुने भएको छ । उक्त फिल्म नेपालमा माघ २६ गते रिलिजको तयारीमा रहेको छ ।

सो फिल्म किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, सुष्मा निरौला, विल्सनविक्रम राई लगायत कलाकारको अभिनय रहेको छ ।

त्यस्तै, डायस्पोराको वितरण कम्पनी यूएनएले यो फिल्मलाई ती मुलुकमा प्रदर्शन गर्न लागेको हो भने यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाईंले ती मुलुकको नेपाली डायस्पोरामा फिल्म प्रतीक्षित रहेको बताएका छन् । ‘फिल्मको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतीक्षा गरिरहेका छन् । यसले हामीलाई अझै उत्साहित बनाएको छ,’ गुरागाईंले भने ।

त्यस्तै, जापान र दक्षिण कोरिया नेपाली फिल्मका लागि राम्रो बजार मानिन्छन् ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?