Trending
>>   नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड >>   निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल >>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति… >>   सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग >>   कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने >>   प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन >>   निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ >>   दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव… >>   आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल >>   ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’:…
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार

‘हात्तीछाप’ माघ २६ देखि नेपालसहित दक्षिण कोरिया र जापानमा


काठमाडौं। दयाहाङ राई र सौगात मल्ल स्टारर ‘हात्तीछाप’ नेपालसहित दक्षिण कोरिया र जापानमा रिलिज हुने भएको छ । उक्त फिल्म नेपालमा माघ २६ गते रिलिजको तयारीमा रहेको छ ।

सो फिल्म किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, सुष्मा निरौला, विल्सनविक्रम राई लगायत कलाकारको अभिनय रहेको छ ।

त्यस्तै, डायस्पोराको वितरण कम्पनी यूएनएले यो फिल्मलाई ती मुलुकमा प्रदर्शन गर्न लागेको हो भने यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाईंले ती मुलुकको नेपाली डायस्पोरामा फिल्म प्रतीक्षित रहेको बताएका छन् । ‘फिल्मको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतीक्षा गरिरहेका छन् । यसले हामीलाई अझै उत्साहित बनाएको छ,’ गुरागाईंले भने ।

त्यस्तै, जापान र दक्षिण कोरिया नेपाली फिल्मका लागि राम्रो बजार मानिन्छन् ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?