Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

सर्जक कृष्णप्रसाद गौतमको मुग्लिन हुँदै पोखरासम्म बोलको गीत सार्वजनिक


काठमाडाैं। लोक दोहोरी गायक एवं सर्जक कृष्णप्रसाद गौतमको मुग्लिन हुँदै पोखरासम्म बोलको गीत सार्वजनिक भएको छ । युवा युवती बीच हुने प्रेम आकर्षण र भेटघाट गर्ने विषयलाई गीतको टुक्का मिलाएर सिर्जना गरिएको गीत दिवान किनार अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

उक्त गीतको भिडियोमा चर्चित मोडेल आयुष्मा कार्की र प्रतीक सिंको अभिनय देख्न सकिन्छ भने तनहुँको च्याँचुलमा छायाङ्कन गरिएको गीतको भिडियो अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक विक्रम चौहानले निर्माण गरेका हुन् ।

त्यस्तै, सर्जक स्वयं गौतम र गायिका लक्ष्मी बिसीको आवाज समेटिएको यो गीतको शब्द दिवान किनारले लेखेका हुन् भने सङ्गीत गायक गौतमले तयार पारेका हुन् । गायक गौतमले यस अघि समेत लास आउँछ बाकस, फेवा तालमा हिमालको छाया लगायत गीत गाएका छन् ।

हेर्नुस् भिडियो :-


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?