Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

सर्जक कृष्णप्रसाद गौतमको मुग्लिन हुँदै पोखरासम्म बोलको गीत सार्वजनिक


काठमाडाैं। लोक दोहोरी गायक एवं सर्जक कृष्णप्रसाद गौतमको मुग्लिन हुँदै पोखरासम्म बोलको गीत सार्वजनिक भएको छ । युवा युवती बीच हुने प्रेम आकर्षण र भेटघाट गर्ने विषयलाई गीतको टुक्का मिलाएर सिर्जना गरिएको गीत दिवान किनार अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

उक्त गीतको भिडियोमा चर्चित मोडेल आयुष्मा कार्की र प्रतीक सिंको अभिनय देख्न सकिन्छ भने तनहुँको च्याँचुलमा छायाङ्कन गरिएको गीतको भिडियो अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक विक्रम चौहानले निर्माण गरेका हुन् ।

त्यस्तै, सर्जक स्वयं गौतम र गायिका लक्ष्मी बिसीको आवाज समेटिएको यो गीतको शब्द दिवान किनारले लेखेका हुन् भने सङ्गीत गायक गौतमले तयार पारेका हुन् । गायक गौतमले यस अघि समेत लास आउँछ बाकस, फेवा तालमा हिमालको छाया लगायत गीत गाएका छन् ।

हेर्नुस् भिडियो :-


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?