Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

शान्ति मिसन बन्द भएपछि मालीमा तैनाथ नेपाली सेना फिर्ता


काठमाडौं।  संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ रहेको ई.ओ.डि, गुल्म (शा.से.) नवौं डफ्फाका ५९ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन् । सेनानी प्रज्वल थापाको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा टोली सोमबार स्वदेश फिर्ता भएको हो ।

त्यस्तै, संयुक्त राष्ट्रसंघले मालीमा रहेको शान्ति मिसन बन्द गर्ने निर्णय गरेसँगै उक्त मिसनमा तैनाथ ई.ओ.डि. गुल्मका १५६ एवं स्टाफ अधिकृत र सैनिक पर्यवेक्षक १२ समेत १६८ जना नेपाली शान्ति सैनिकहरू मध्ये ९३ जना यस अगावै स्वदेश फिर्ता भइसकेका छन् ।

उक्त मिसनमा बाँकी १६ जना नेपाली शान्ति सैनिकहरू पनि छिट्टै स्वदेश फिर्ता हुने क्रममा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?