Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

इण्डियन आइडलमा लगातार दोस्रोपटक ‘पर्फमर अफ द वीक’ बनिन् मेनुका पौडेल


काठमाडौं। नेपालकी मेनुका पौडेल लगातार दोस्रोपटक भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा ‘पर्फमर अफ द वीक’ घोषित भएकी छन् । पछिल्लो सप्ताहन्तको एपिसोडमा उनले हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा समावेश मोहम्मद रफीको गीत ‘सिरिडी वाले साइबाबा’ गीत गाएकी थिइन् भने पछिल्लो एपिसोडमा सबै प्रतिस्पर्धीले भजन गाएका थिए ।

उक्त प्रस्तुतिपछि मेनुकालाई उपस्थित अतिथिले सम्मान समेत गरेका थिए । मेनुका अहिले इण्डियन आइडलको अन्तिम १४ मा प्रतिस्पर्धा गरिरहेकी छन् भने उनले गत साता भारतीय फिल्म ‘सलार’को लागि पनि गीत गाउने मौका पाइन् ।

त्यसैगरी, मेनुकाले आफैंले हार्मोनियम बजाएर गीत गाइन् भने नयाँ पुस्तालाई भजनजस्तो शास्त्रीय संगीतसँग जोड्न यो एपिसोड समर्पित गरिएको जज तथा गायिका श्रेया घोषालले बताएकी छन् । उनको यो प्रस्तुतिमा यसअघिजस्तै जज र अतिथिले स्ट्यान्डिङ ओभेसन दिएका थिए ।

जज कुमार सानुले मोहम्मद रफीको गीतलाई आफ्नो पहिचान बनाएको भन्दै मेनुकाको प्रशंसा गरे भने श्रेयाले चाहिं मेनुकाको उक्त प्रस्तुति हिटभन्दा माथिल्लो स्तरको रहेको बताइन् ।

 

 


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?