Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

इण्डियन आइडलमा लगातार दोस्रोपटक ‘पर्फमर अफ द वीक’ बनिन् मेनुका पौडेल


काठमाडौं। नेपालकी मेनुका पौडेल लगातार दोस्रोपटक भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा ‘पर्फमर अफ द वीक’ घोषित भएकी छन् । पछिल्लो सप्ताहन्तको एपिसोडमा उनले हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा समावेश मोहम्मद रफीको गीत ‘सिरिडी वाले साइबाबा’ गीत गाएकी थिइन् भने पछिल्लो एपिसोडमा सबै प्रतिस्पर्धीले भजन गाएका थिए ।

उक्त प्रस्तुतिपछि मेनुकालाई उपस्थित अतिथिले सम्मान समेत गरेका थिए । मेनुका अहिले इण्डियन आइडलको अन्तिम १४ मा प्रतिस्पर्धा गरिरहेकी छन् भने उनले गत साता भारतीय फिल्म ‘सलार’को लागि पनि गीत गाउने मौका पाइन् ।

त्यसैगरी, मेनुकाले आफैंले हार्मोनियम बजाएर गीत गाइन् भने नयाँ पुस्तालाई भजनजस्तो शास्त्रीय संगीतसँग जोड्न यो एपिसोड समर्पित गरिएको जज तथा गायिका श्रेया घोषालले बताएकी छन् । उनको यो प्रस्तुतिमा यसअघिजस्तै जज र अतिथिले स्ट्यान्डिङ ओभेसन दिएका थिए ।

जज कुमार सानुले मोहम्मद रफीको गीतलाई आफ्नो पहिचान बनाएको भन्दै मेनुकाको प्रशंसा गरे भने श्रेयाले चाहिं मेनुकाको उक्त प्रस्तुति हिटभन्दा माथिल्लो स्तरको रहेको बताइन् ।

 

 


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?