Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

भक्तपुरमा विदेशी नागरिकले गरे मूर्ति चोर्ने प्रयास


२५ फागुन, काठमाडाैँ । भक्तपुर दरबार क्षेत्रमा पुरातात्विक मूर्ति चोरीको प्रयास भएको छ। तलेजु मन्दिर सुन्धारा परिसरमा करिब पौने १ बजे विदेशी नागरिकले मूर्ति चोर्ने प्रयास गरेका हुन् ।

उक्त आरोपमा एक इटालियन नागरिक पक्राउ परेका छन् । उनले आफूसँंग भएको चक्कुले मूर्ति निकाल्न खोजेको प्रहरीले बताएको छ ।

उनले राती मूर्ति चोर्ने प्रयास गर्दै गरेको देखेपछि प्रत्यक्षदर्शीले सेनाको जवानलाई खबर गरेका थिए । त्यसपछि भाग्ने प्रयास गरेका आरोपितलाई पक्राउ गरि प्रहरीको जिम्मा लगाइएको छ ।

प्रहरीले उनको राहदानी जाँच गर्दा उनी राहदानी नं वाईवी २१४५७०८ को इटालियन नागरिक तिजियानो रोन्ची भएको छ । उनिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरवार हेरचाह अडा भक्तपुरकी प्रमुख अरुणा नकर्मीले ती विदेशी नागरिक भक्तपुर नगर प्रवेश गर्दा नगर प्रवेशको टिकटसमेत नलिई चोरबाटोबाट प्रवेश गरेको जानकारी दिएकी छिन् ।

घटनाबारे जिल्ला प्रशाशन कार्यालय भक्तपुर, पुरातत्व विभाग रामशाहपथ काठमाडौं र भक्तपुर नगरपालिका व्यासी भक्तपुरलाई पनि जानकारी गराइएको छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?