Trending
>>   भीआईपी मुभमेण्टका नाममा नागरिकलाई सास्ती नदिन गृहमन्त्रीको निर्देशन >>   राजश्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया शुरु, कानून सुधारको रोडम्याप ल्याइनेछः अर्थमन्त्री वाग्ले >>   नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण >>   प्रधानमन्त्री साहको पुर्ख्यौली गाउँमा खुशीयाली >>   खेलकुद र शिक्षा क्षेत्रमा राजनीतिकरण अन्त्य गर्ने मन्त्री पोखरेलको उद्घोष >>   प्रधानमन्त्रीको मिसन र भिजनअनुसार काम गर्न कटिवद्ध छुः नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिना >>   नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण >>   नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाले पदभार, गरे तीन महत्वपूर्ण निर्णय >>   वाचापत्रमा उल्लेख गरिएका कामहरु पूरा हुनेगरी काम गर्छौंः नवनियुक्त शिक्षामन्त्री पोखरेल >>   कुरा गरेर देश बन्दैन, श्रमदान अपरिहार्य छः हर्क साम्पाङ्ग
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

भक्तपुरमा विदेशी नागरिकले गरे मूर्ति चोर्ने प्रयास


२५ फागुन, काठमाडाैँ । भक्तपुर दरबार क्षेत्रमा पुरातात्विक मूर्ति चोरीको प्रयास भएको छ। तलेजु मन्दिर सुन्धारा परिसरमा करिब पौने १ बजे विदेशी नागरिकले मूर्ति चोर्ने प्रयास गरेका हुन् ।

उक्त आरोपमा एक इटालियन नागरिक पक्राउ परेका छन् । उनले आफूसँंग भएको चक्कुले मूर्ति निकाल्न खोजेको प्रहरीले बताएको छ ।

उनले राती मूर्ति चोर्ने प्रयास गर्दै गरेको देखेपछि प्रत्यक्षदर्शीले सेनाको जवानलाई खबर गरेका थिए । त्यसपछि भाग्ने प्रयास गरेका आरोपितलाई पक्राउ गरि प्रहरीको जिम्मा लगाइएको छ ।

प्रहरीले उनको राहदानी जाँच गर्दा उनी राहदानी नं वाईवी २१४५७०८ को इटालियन नागरिक तिजियानो रोन्ची भएको छ । उनिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरवार हेरचाह अडा भक्तपुरकी प्रमुख अरुणा नकर्मीले ती विदेशी नागरिक भक्तपुर नगर प्रवेश गर्दा नगर प्रवेशको टिकटसमेत नलिई चोरबाटोबाट प्रवेश गरेको जानकारी दिएकी छिन् ।

घटनाबारे जिल्ला प्रशाशन कार्यालय भक्तपुर, पुरातत्व विभाग रामशाहपथ काठमाडौं र भक्तपुर नगरपालिका व्यासी भक्तपुरलाई पनि जानकारी गराइएको छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?