Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

शहीद हेमन्त प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता


काठमाडौँ । शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका खेलाडीहरुले सहभागिता जनाउँदै छन् ।

सशस्त्र द्वन्दको समयमा २०५८ साल पुस २९ गते तत्कालिन माओवादीले घरमै हत्या गरेका प्रधानको सम्झनामा आफ्नै गृह नगरी दोलखाको जिरीमा हुन लागेको प्रतियोगिता २९ गतेसम्म चल्ने कांग्रेस प्रदेश क सभापति शुक्रराज तामाङले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेताहरुलाई क्रमस प्रथम पुरुस्कार नगद रु २ लाख, द्वतीय एक लाख, तृतीय ५० हजार र सान्त्वना नगद् ३० हजार सहित शिल्ड मेडल र पमाणपत्र प्रदान गरिने छ ।प्रतियोगिताको अवधिमा राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितिमा बृहत सास्कृतिक कार्यक्रम समेत आयोजना गरिने बताइएको छ ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?