Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

राससका पूर्वसमाचारदाता श्रेष्ठको निधन


सडक दुर्घटनामा परेर राष्ट्रिय समाचार समिति (रासस) का पूर्वसमाचारदाता पवनलाल श्रेष्ठको निधन भएको छ । उहाँको गए राति काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट ज्यान गएको हो । उक्त दुर्घटनामा अर्का एक व्यक्तिको समेत मृत्यु भएको छ । गए राति साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रह्मखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा९४प ४४९८ र बा८२प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको हो ।

दुर्घटनामा शङ्खरापुर नगरपालिका–७ साँखुका ५० वर्षीय पत्रकार श्रेष्ठ र सोही नगरपालिका–९ का २२ वर्षीय हरि खड्काको मृत्यु भएको हो । दुर्घटनामा घाइते पत्रकार श्रेष्ठको नेपाल मेडिकल कलेज अत्तरखेलमा तथा खड्काको शङ्करापुर अस्पताल साँखुमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । दुर्घटनामा २० वर्षीया पुनम श्रेष्ठ घाइते भएकी छिन । उनको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रवक्ता रिजालले बताउनुभयो । मृतक श्रेष्ठ साँखुबाट प्रकाशित लावण्य सन्देश साप्ताहिकका प्रधानसम्पादक हुनुहुन्थ्यो ।

उहाँ नेपाल प्रेस युनियन साँखु शाखाका संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो । दुर्घटनापछि फरार टिपर चालक २६ वर्षीय दिनेश तामाङलाई प्रहरीले राति नै सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको प्रवक्ता रिजालले बताउनुभयो ।


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?