Trending
>>   एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल >>   ११ वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने >>   पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल >>   राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने >>   नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १३ देखि भृकुटीमण्डपमा हुने >>   मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे >>   ‘उखु किसानले वर्षेनी आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’ >>   शिक्षक महासंघले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र >>   २०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा >>   चीनको स्वदेशी ‘हाइकिन’ ४,१४० मिटरको गहिराइमा पुग्यो
Logo
८ भाद्र २०८२, सोमबार
८ भाद्र २०८२, सोमबार

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित


२४ ,मङ्सिर ,काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्र्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ ।

युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । यो हारसँगै प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अत्यन्त न्यून भएको छ । यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो ।

अफगानिस्तानको भने यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा अफगानिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो । अफगानिस्तानले नेपाललाई जितको लागि दुई सय ६२ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८८ रनमा समेटियो ।

नेपालका लागि कुमालले सर्वाधिक ९१ रनको योगदान दिएता पनि त्यो जितको लागि पर्याप्त बन्न सकेन । अर्जुनले एक सय आठ बल खेल्दै १३ चौकाको मद्दतमा ९१ रनको योगदान गरेका हुन् । अर्जुनबाहेक अन्य कुनै पनि नेपाली खेलाडीले उत्कृष्ट ब्याटिङ गर्न सकेनन् र अन्तत नेपाल पराजित हुन पुग्यो ।

नेपाली टोलीका कप्तान देव खनालले २४ रन बनाए भने गुल्शन झाले १७ रन जोडे । त्यस्तै दीपक बोहराले १५, दीपेश कँडेलले ११, सुवास भण्डारीले आठ तथा उत्तम मगरले चार रन बनाए । नेपाललाई एक सय ८८ रनमा समेट्ने क्रममा अफगानिस्तानका फरिदुन दावुदजाई र नसिर खानले समान तीन/तीन विकेट लिए भने मोहम्मद युनिस जद्रानले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६१ रनको योगफल बनाएको थियो । अफगानिस्तानको लागि जाम्शिद जद्रानले शतक प्रहार गरे ।

उनले एक सय ५२ बलमा आठ चौकासहित एक सय छ रनको योगदान गरे । त्यस्तै नौमान साह अघाले ६० रन बनाए । उनले ४१ बलमा पाँच चौका र तीन छक्कासहित ६० रन बनाएका हुन् ।

यसैगरी राहिमुल्लाह जुरमातीले ३५ रन बनाए भने वाफिउल्लाह ताराखिलले १५ रन बनाए । तेस्तै खालिद तानिवाल १० रन बनाए । नेपालका लागि हेमन्त धामी, गुलशन झा र सुवास भण्डारीले समान दुई/दुई विकेट लिए भने दीपेश कँडेल र आकाश चन्दले समान एक एक विकेट लिए । अब नेपालले आफ्नो तेस्रो खेल यही मङ्सिर २६ गते भारतसँग खेल्नेछ ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?