Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित


२४ ,मङ्सिर ,काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्र्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ ।

युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । यो हारसँगै प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अत्यन्त न्यून भएको छ । यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो ।

अफगानिस्तानको भने यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा अफगानिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो । अफगानिस्तानले नेपाललाई जितको लागि दुई सय ६२ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८८ रनमा समेटियो ।

नेपालका लागि कुमालले सर्वाधिक ९१ रनको योगदान दिएता पनि त्यो जितको लागि पर्याप्त बन्न सकेन । अर्जुनले एक सय आठ बल खेल्दै १३ चौकाको मद्दतमा ९१ रनको योगदान गरेका हुन् । अर्जुनबाहेक अन्य कुनै पनि नेपाली खेलाडीले उत्कृष्ट ब्याटिङ गर्न सकेनन् र अन्तत नेपाल पराजित हुन पुग्यो ।

नेपाली टोलीका कप्तान देव खनालले २४ रन बनाए भने गुल्शन झाले १७ रन जोडे । त्यस्तै दीपक बोहराले १५, दीपेश कँडेलले ११, सुवास भण्डारीले आठ तथा उत्तम मगरले चार रन बनाए । नेपाललाई एक सय ८८ रनमा समेट्ने क्रममा अफगानिस्तानका फरिदुन दावुदजाई र नसिर खानले समान तीन/तीन विकेट लिए भने मोहम्मद युनिस जद्रानले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६१ रनको योगफल बनाएको थियो । अफगानिस्तानको लागि जाम्शिद जद्रानले शतक प्रहार गरे ।

उनले एक सय ५२ बलमा आठ चौकासहित एक सय छ रनको योगदान गरे । त्यस्तै नौमान साह अघाले ६० रन बनाए । उनले ४१ बलमा पाँच चौका र तीन छक्कासहित ६० रन बनाएका हुन् ।

यसैगरी राहिमुल्लाह जुरमातीले ३५ रन बनाए भने वाफिउल्लाह ताराखिलले १५ रन बनाए । तेस्तै खालिद तानिवाल १० रन बनाए । नेपालका लागि हेमन्त धामी, गुलशन झा र सुवास भण्डारीले समान दुई/दुई विकेट लिए भने दीपेश कँडेल र आकाश चन्दले समान एक एक विकेट लिए । अब नेपालले आफ्नो तेस्रो खेल यही मङ्सिर २६ गते भारतसँग खेल्नेछ ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?