Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

आइटिएफ टेनिस : एलेक्सी र आसकुरा च्याम्पियन


२३ ,मङ्सिर ,कास्की । नेपाली मूलका अमेरिकी खेलाडी आरब सम्राट हाडालाई पराजित गर्दै रुसियाका एलेक्सी सिबाभएले पोखरामा आयोजना गरिएको अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) को जे–३० को दोस्रो सर्किटको उपाधि जिटेका छन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनलमा एलेक्सीले हाडालाई ६–३, ६–२ ले पराजित गरी पुरुष एकलतर्फ च्याम्पियन बने ।

यसैगरी महिला एकलतर्फ जापानकी उता आसाकुरा च्याम्पियन बनकी छिन् । उनले भारतकी अर्जान खोराकीवालामाथि ६–२, ६–३ को जित हासिल गरिन् ।

यि दुवै खेलाडी जे–३० को सर्किट एकमा पनि विजयी भएका थिए । च्याम्पियन खेलाडीहरूले आइटीएफको महत्त्वपूर्ण ३०/३० अङ्क प्राप्त गरे ।

विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त कार्यालय प्रमुख नविन पोखरेलले विभिन्न राष्ट्रबाट आएका खेलाडी, अभिभावक तथा उनीहरुका प्रशिक्षकको सहभागिताले पोखराको पर्यटन चलायमान बनेको बताए ।

यसैगरी पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार, नेपाल टेनिस सङ्घका उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिता निर्देशक अजय विष्ट, लगायतले खेलाडीलाई मेडल र पुरस्कार वितरण गरे ।

प्रतियोगितामा खेलाडीले अङ्कका लागि प्रतिस्पर्धा गरेका थिए । खेलाडीले प्राप्त गरेको अङ्कले उनीहरुको टेनिस वरियता निर्धारण गर्नेछ । विजेता खेलाडीले ३० अङ्क, उपविजेताले १८, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनलिष्टले पाँच र अन्तिम १६ मा पुग्ने खेलाडीले आइटिएफकोे दुई अङ्क प्राप्त गरेका छन् ।

पोखरामा दुई साता लामो सञ्चालन भएको आइटिएफ जे ३० टेसिन प्रतियोगितामा ११ देशका एक सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुषतर्फ ‘क्वालिफाइङ’ र ‘मेन ड्र’ गरी विभिन्न देशका ६४ खेलाडीको सहभागिता रहेको थियो । महिलातर्फ ४७ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: २३ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?