Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

महिलाको नेतृत्व, महिलाकै सहभागिता


प्रायः विकास निर्माणका काममा महिलालाई कम प्राथमिकतामा राखिन्छ । ज्यालामा विभेद र अवसरमा कम सहभागितासँगै विकास निर्माणका काममा पनि समस्या छन् । तर, महिलाले नै नेतृत्व गरेका योजनामा भने महिला सहभागिता उल्लेख्य भएको पाइएको छ । बागलुङको जैमिनी नगरपालिका–१० राङखानी न्वाराघाटदेखि सिर्जनाटोल जोड्ने पदमार्ग निर्माणमा महिलाको उत्साहपूर्ण सहभागिता छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु तीन लाख ९२ हजार नौ सय ६६ को लागतमा आकर्षक पदमार्ग तयार गरिएको हो । राङखानीको पर्यटकीय क्षेत्र हात्तीढुङ्गा जोड्ने लक्ष्यका साथ निर्माण गरिएको पदमार्गले स्थानीयवासीलाई पैदल यात्रामा सहजता थपेको छ । विशेषगरी बर्षात्का समयमा साँघुरो गोरेटोमा यात्रा गर्दा चिप्लने डर थियो ।

साना बालबच्चालाई हिँड्न निकै कठिन रहेको गोरेटोलाई सुधार गरी चाक्लो, सिँढी र सोलिङ गरी पैदलमार्ग तयार गरेको न्वाराघाट सिर्जना टोल पदमार्ग उपभोक्ता समितिका अध्यक्ष खिमकुमारी थापाले जानकारी दिनुभयो । उक्त पदमार्ग निर्माणपछि हात्तीढुङ्गासँगै मन्दिर जाने धार्मिक पर्यटकलाई पनि सहयोग पुगेको छ । उक्त पदमार्ग निर्माणको लागि उपभोक्ता समिति गठन गर्न भेला बोलाउने, बैठक सञ्चालन तथा बैठकमा निर्णय लेख्नेदेखि उपभोक्ता समितिको नेतृत्व र विकास निर्माणमा कामदारको रुपमा स्थानीय महिलाको सहभागिता थियो । उपभोक्ता समितिमा सबै महिला सदस्य मात्रै छन् । पदमार्ग निर्माण गर्दा पनि कामदार महिलानै थिए । विशेष गरी सोलिङ र सिँढी निर्माण गर्न स्थानीय दुई÷तीन जना सिपालु पुरुषले सहयोग गरेपनि पैदलमार्ग चाक्लो बनाउने, खोलामा ढुङ्गा फोड्ने, छपनी निकाल्ने, ढङ्गा बोक्ने तथा सिँढी र सोलिङ गर्न पनि महिलानै अघि बढेको अध्यक्ष थापाको भनाइ छ । “हामीले ढुङ्गा फोड्न घन पनि हान्यौँ, छिनो पनि समात्यौँ” अध्यक्ष थापाले भन्नुभयो–“महिलाले अवसर पाए विकास निर्माणको काम पनि गर्न सक्छौँ ।” यो वर्ष सिपालु पुरुष कामदारसँग सिँढी चिन्ने काम सिकेको हुँदा आगमी वर्ष अझै सहज हुने उहाँको भनाइ छ । पदमार्ग निर्माणमा ६ जना महिला कामदार खटिएका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले व्यक्तिगत क्षमता विकाससँगै दैनिकी चलाउनसमेत सहयोग गरेको समितिका सचिव राधा रानाले बताउनुभयो । घरमा बसेर फेसबुक र टिकटकमा दिन काट्नुभन्दा दुईचार पैसा हुने काम गाउँमै पाउँदा खुसी लागेको रानाको भनाइ छ । “बर्खामा मौसमी काम पाइन्छ, हिउँदमा कठिन थियो” रानाले भन्नुभयो– “रोजगार कार्यक्रम आएपछि घर व्यवहार चलाउन सजिलो भएको छ ।” उक्त समूहका सदस्य प्रधानमन्त्री रोजागार कार्यक्रम सञ्चालन भएदेखि निरन्तर कामदारको रुपमा खटिँदै आएका छन् । जैमिनी नगरपालिकाले यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १२ वटा योजना सञ्चालन गरेको छ । १२ योजनामध्ये छ योजनाको नेतृत्वमा महिला रहेको रोजगार संयोजक सुरेश पुनले बताउनुभयो । महिला नेतृत्वमा रहेको योजनामा तोकिएको समयमै काम सम्पन्न भएको संयोजक पुनको भनाइ छ । उनीहरुले दैनिक ६ सय ५६ रुपैयाँ पारिश्रमिक पाउँछन् ।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?