Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

खानेपानीको समस्या झेल्दै जलारी समुदाय


अन्नपूर्ण,कास्की। छेवैमा फेवातालको पानी टलपल–टलपल भए पनि ताल किनारका जलारी समुदायले भने खानेपानीको समस्या भोगिरहेका छन् । पोखरा महानगरपालिका–१८ खपौँदीका ९१ घरपरिपार जलारी खानेपानीका लागि भौतिरिरहेका भेटिन्छन् भने पर्यटकीय क्षेत्र लेकसाइडबाट केही परका यी समुदाय पानीका लागि दैनिक धारामा लाइन बस्न बाध्य छन् ।

राज्यले जलारी समुदायलाई वास्ता नगरेका कारण खानेपानीको समस्या भोग्नुपरेको स्थानीय बुद्धिमाया जलारीले बताइन् । पानीले टलपल फेवाताल किनारका जलारी समुदाय काकाकुलको अवस्थामा रहेको उनले सुनाएकी छन् । “नेताहरु भोट माग्न आउँदा घरघर मै पानी ल्याइदिन्छु भन्छन् तर अहिलेसम्म एक घर, एक धारा भएको छैन्,” बुद्धिमायाले भनिन्, “हामीले नै पैसा उठाएर बनाएको धारामा पनि पानी नआउँदा अर्काको घरमा गएर पानी ल्याउनुपर्छ ।”

पानीको जोहो गर्दागर्दै बिहान बित्ने गरेको अर्का स्थानीयवासी सारा जलारीले बताइन् । “भात–तरकारी पकाउन, भाडा धुन, लुगा धुन सबै कामका लागि पानी चाहियो । पानी बोक्दाबोक्दै एउटा महिलाको बिहान बित्छ,” उनले भनिन्, “तालकै छेउमा बसेर पनि दूषित पानी खान त मिलेन नि । यही पानी खानयोग्य बनाउन पनि सरकारले ध्यान दिनुप¥यो ।”

प्रदेश सरकारको ‘एक घर एक धारा’ नीतिअनुसार जलारी समुदायले सुविधा नपाएको स्थानीयवासी नेत्रबहादुर जलारीले बताउनुभयो । “नेपाल सरकारले पनि भनेको छ ‘एक घर एक धारा’ यो सबै ठाउँमा छ,” उहाँले भन्नुभयो, “तर, हामीले पाएका छैनौँ । जलारी समुदायका के मान्छे होइन् रु यदि मान्छे हो भने अरुले पाएको कुरा हामीले पनि पाउनुपर्‍यो ।”

सरकारले वास्ता नगरेपछि दुई वर्ष पहिले पत्येक घरबाट पैसा उठाएर पाइप खरिद गरी एउटा धारा बनाएर पानी खाएको स्थानीय उनले बताए । “कतैबाट पनि सहयोग नपाएर हामीले नै पैसा उठाएर माथि मुहानबाट पानी ल्याएर खाने गरेका छौँ,” नेत्रबहादुरले भने, “त्यही पनि फागुन चैतमा त सुक्छ अनि जारको पानी किनेर खाने हो । कहिलेकाहीँ मूलतिरै पाइप काटिदिने पनि गर्दछन् ।”

पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले पानीका लागि वडा र महानगरले पहल गरिरहेको जानकारी दिए । “यो वडाको पानीका मूल एकीकृत गरी वितरण गर्न लौरुक खानेपानी योजना छ । उक्त प्रदेश मातहतबाट आठ वटा ट्याङ्की बनेका छन्,” उनले भने, “जलारी बस्ती भन्दामाथि दुई लाख लिटर क्षमताको ट्याङ्की बनाउनुपर्ने छ । यसका लागि पत्राचार पनि गरिसकिएको छ ।”यो वर्षभित्र ट्याङ्की निर्माण गरी पानी वितरण गर्ने योजना रहेको वडाध्यक्ष तिमिल्सिनाले सुनाए । उनले जलारी समुदायमा खानेपानीको समस्या समाधानका लागि त्यस क्षेत्रका सांसदहरूले पनि साथ दिनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?