Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सङ्ग्रहालयले तान्न सकेन पर्यटक


विसं २०३९ मा धनकुटामा स्थापित तत्कालीन क्षेत्रीय सङ्ग्राहलय तथा हाल प्रदेश सङ्ग्रहालयले पर्यटकहरूको ध्यान आकर्षित गर्न सकेको छैन । तत्कालीन पूर्वाञ्चलका १६ जिल्ला हाल कोशी प्रदेशका १४ जिल्लाका १६ वटा विभिन्न जातजातिका कला संस्कृतिहरू यस सङ्ग्रहालयमा संरक्षित छन् । पछिल्लो समय विसं २०७५ मा प्रदेश सरकारको रु ४० लाख लागतमा ती जातिका वेषभूषा, गरगहना तथा वाद्यबादन थप गरिए पनि यहाँ आगन्तुक पर्यटकको खासै वृद्धि भएको छैन ।

संरचना र सामग्री थप गरिए पनि गएको पाँच वर्षमा हरेक वर्ष सङ्ग्रहालय भ्रमण आउने पर्यटक सङ्ख्यामा वृद्धि हुनुभन्दा थप खस्किएको सङ्ग्रहालयको तथ्याङ्क छ । आर्थिक वर्ष २०७५/७६ मा एक हजार छ सय २७ जनाले सङ्ग्रहालय अवलोकन गरेका थिए । त्यसपछि कारोना महामारीका कारण आर्थिक वर्ष २०७६/७७ मा दुई सय ३४ र २०७६/७७ मा चार सय ७८ जनाले सङ्ग्राहलय अवलोकन गरेका थिए । त्यसपछि गत आव २०७८/७९ मा एक हजार ६१ जनाले अवलोकन गरेको सङ्ग्रहालय चालु आव २०७९/८० को माघसम्ममा तीन सय ८२ जनाले मात्र सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

समाजले सङ्ग्रहालयको महत्व नबुझेको र त्यहाँ राखिएको विषयवस्तुको ज्ञान नहुँदा सङ्ग्राहलयमा पर्यटक आकर्षित हुन नसकेको कार्यालयका प्रमुख चन्द्रप्रकाश अधिकारीको भनाइ छ । “कला, संस्कृतिको अध्ययन गर्न आउने कम मान्छे यहाँ घण्टौँसम्म बसेर जान्छन् ।” अधिकारीले भन्नुभयो, “तर आएका धेरै मान्छेहरू एकसर्को घुमेर जान्छन् ।” सङ्ग्रहालयको महत्व र यहाँ रहेको विषयवस्तुबारेमा व्यापक प्रचार–प्रसार गरेमा सङ्ग्रहालयप्रति जनसमुदय आकर्षित हुनसक्ने अधिकारीको भनाइ छ ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?