Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

सङ्ग्रहालयले तान्न सकेन पर्यटक


विसं २०३९ मा धनकुटामा स्थापित तत्कालीन क्षेत्रीय सङ्ग्राहलय तथा हाल प्रदेश सङ्ग्रहालयले पर्यटकहरूको ध्यान आकर्षित गर्न सकेको छैन । तत्कालीन पूर्वाञ्चलका १६ जिल्ला हाल कोशी प्रदेशका १४ जिल्लाका १६ वटा विभिन्न जातजातिका कला संस्कृतिहरू यस सङ्ग्रहालयमा संरक्षित छन् । पछिल्लो समय विसं २०७५ मा प्रदेश सरकारको रु ४० लाख लागतमा ती जातिका वेषभूषा, गरगहना तथा वाद्यबादन थप गरिए पनि यहाँ आगन्तुक पर्यटकको खासै वृद्धि भएको छैन ।

संरचना र सामग्री थप गरिए पनि गएको पाँच वर्षमा हरेक वर्ष सङ्ग्रहालय भ्रमण आउने पर्यटक सङ्ख्यामा वृद्धि हुनुभन्दा थप खस्किएको सङ्ग्रहालयको तथ्याङ्क छ । आर्थिक वर्ष २०७५/७६ मा एक हजार छ सय २७ जनाले सङ्ग्रहालय अवलोकन गरेका थिए । त्यसपछि कारोना महामारीका कारण आर्थिक वर्ष २०७६/७७ मा दुई सय ३४ र २०७६/७७ मा चार सय ७८ जनाले सङ्ग्राहलय अवलोकन गरेका थिए । त्यसपछि गत आव २०७८/७९ मा एक हजार ६१ जनाले अवलोकन गरेको सङ्ग्रहालय चालु आव २०७९/८० को माघसम्ममा तीन सय ८२ जनाले मात्र सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

समाजले सङ्ग्रहालयको महत्व नबुझेको र त्यहाँ राखिएको विषयवस्तुको ज्ञान नहुँदा सङ्ग्राहलयमा पर्यटक आकर्षित हुन नसकेको कार्यालयका प्रमुख चन्द्रप्रकाश अधिकारीको भनाइ छ । “कला, संस्कृतिको अध्ययन गर्न आउने कम मान्छे यहाँ घण्टौँसम्म बसेर जान्छन् ।” अधिकारीले भन्नुभयो, “तर आएका धेरै मान्छेहरू एकसर्को घुमेर जान्छन् ।” सङ्ग्रहालयको महत्व र यहाँ रहेको विषयवस्तुबारेमा व्यापक प्रचार–प्रसार गरेमा सङ्ग्रहालयप्रति जनसमुदय आकर्षित हुनसक्ने अधिकारीको भनाइ छ ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?