Trending
>>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित >>   राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः छविलाल विश्वकर्मा
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

राष्ट्रिय कृषि नीति छिट्टै ल्याइन्छ : मन्त्री भुसाल


१२ ,मङ्सिर ,काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्नेगरी छिट्टै राष्ट्रिय कृषि नीति ल्याउन लागिएको बताएका छन् ।

राष्ट्रिय किसान सञ्जाल नेपालद्वारा आज यहाँ आयोजित ‘कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिबारे राष्ट्रिय कार्यशाला’ को उद्घाटन गर्दै उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने विषयलाई प्राथमिकतामा राखिएको नीति निर्माणको सम्पूर्ण प्रक्रिया पूरा भएकाले केही दिनमा मन्त्रिपरिषद्मा पेस गरिने बताए ।

उनले कृषि उत्पादन, उत्पादकत्व वृद्धि गरी कृषकको आय वृद्धि, आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखेर नीतिमा समेटिएको बताए ।

साना किसानलाई संरक्षण गर्न उनीहरुको उत्पादनलाई मूल्य श्रृङ्खलामा जोड्ने बताउँदै मन्त्री भुसालले मूल्य श्रृङ्खलाबाट कृषि वस्तुको बजारीकरणको विकास गरी कृषकको आम्दानीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कृषिमा प्रविधिको प्रयोग, गुणस्तरीय वस्तुको उत्पादन निर्यातजन्य वस्तुको उत्पादनलाई वृद्धि गर्न सम्बन्धित कृषकलाई आवश्यक सहुलियत दिइने उनको भनाइ छ ।

उनले कृषि भूमिको अनुपयुक्त प्रयोग एवं विभिन्न प्रकोपका कारण कृषि भूमिको उर्बरा घट्दै गएकामा चिन्ता व्यक्त गरे ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?