Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

अध्यक्ष तिमिल्सिना नेतृत्वको टाेली अष्ट्रेलिया जाँदै


१० ,मङ्सिर ,काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन गर्न आज राति अष्ट्रेलिया जाँदै छन् ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संसद् सहयोग परियोजनाअन्तर्गत भ्रमण हुन लागेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

युएनडिपी नेपाल र सङ्घीय संसद् सचिवालयबीच समझदारी भई सञ्चालित परियोजनाबाट १२ सदस्यीय प्रतिनिधिमण्डलले अष्ट्रेलियाको संसद् र न्यू साउथवेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसद्मा भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम गर्नेछन् । उक्त टोली यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?