Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

काँग्रेसका नेताहरुको अठोट-“व्यवस्था हैन नेतृत्व फेरेर अवस्था सुधार्छौँ”


 गुल्मी । नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीको नेतृत्व फेरेर देशको अवस्था फेर्ने अठोट व्यक्त गर्नु भएको छ ।

नेपाली काँग्रेस गुल्मीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै काँग्रेसका महामन्त्री गगन कुमार थापा, प्रभावशाली नेता डा. चन्द्र भण्डारी लगायतले अहिले अवस्था फेर्नेभन्दा पनि नेतृत्व फेर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँहरुले व्यवस्थामा दोष नभएको र यही व्यवस्थामा मात्रै सुधारको विकल्प हुने भएकाले सुधार तर्फ लाग्नु पर्ने बताउनु भयो । महामन्त्री थापाले मुर्ति चोर्नेले हाम्रो धर्म जोगाईदिन्छ भन्दै भ्रममा परेकाहरुलाई काँग्रेसले भ्रममुक्त गराउनु पर्ने खाँचो औँल्याउनु भयो ।

उहाँले राजतन्त्रकालमा भन्दा गणतन्त्रकालमा धेरै विकास भएको तथ्यांकहरु प्रस्तुत गर्दै अराजक समूहले चेतनाको सट्टामा उत्तेजनाको राजनीति गर्न खोजेको दावी गर्नुभयो । महामन्त्री थापाले राजतन्त्रमा राजाको बारेमा प्रश्न उठाउन नपाइने, तर गणतन्त्रमा गणतन्त्र र नेताकै बारेमा खरो आलोचना गर्न पाइने भएकाले नै गणतन्त्र धेरै उत्तम भएको तर्क गर्नुभयो । उहाँले काँग्रेस भित्र जिम्मेवारी र अवसरका लागि आफूभन्दा माथी हेर्ने प्रबृत्ति रहेकोले अवदेखि त्यसलाई उल्ट्याएर तल हेर्ने पद्धती बसाल्नु पर्नेमा जोड दिनुभयो ।

अर्का प्रभावशाली नेता डा. भण्डारीले पनि काँग्रेसको र गणतन्त्रको विकल्प नभई बुढा नेताहरुको विकल्प खोज्ने बेला भएको धारणा राख्नुभयो । उहाँले उमेरका कारण धेरै काममा समस्या हुने गरेको उदाहरण दिँदै विकल्प खोज्नेहरुको भावना अनुसार आफूहरुले काम गर्न सक्ने दावी गर्नुभयो । गुल्मीका सांसद समेत रहनु भएका नेता भण्डारी गत फागुन ३ गते आगलागीमा परी घाइते भएपछि पहिलो पटक हिजो गृहजिल्ला आउनु भएको हो । उहाँले घाइते भएर मृत्युसँग अस्पतालको शैयामा छट्पटाईरहेका बेला गुल्मेली जनताको सम्झनाले आफूलाई जुरुक्क उठाएको अनुभव पनि सुनाउनु भयो ।

गुल्मी काँग्रेसको जिल्ला सम्मेलनमा भोली बन्दसत्र चल्ने सचिव जगदीश भट्टराईले जानकारी दिनुभयो ।


प्रकाशित मिति: ९ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?