Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

काँग्रेसका नेताहरुको अठोट-“व्यवस्था हैन नेतृत्व फेरेर अवस्था सुधार्छौँ”


 गुल्मी । नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीको नेतृत्व फेरेर देशको अवस्था फेर्ने अठोट व्यक्त गर्नु भएको छ ।

नेपाली काँग्रेस गुल्मीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै काँग्रेसका महामन्त्री गगन कुमार थापा, प्रभावशाली नेता डा. चन्द्र भण्डारी लगायतले अहिले अवस्था फेर्नेभन्दा पनि नेतृत्व फेर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँहरुले व्यवस्थामा दोष नभएको र यही व्यवस्थामा मात्रै सुधारको विकल्प हुने भएकाले सुधार तर्फ लाग्नु पर्ने बताउनु भयो । महामन्त्री थापाले मुर्ति चोर्नेले हाम्रो धर्म जोगाईदिन्छ भन्दै भ्रममा परेकाहरुलाई काँग्रेसले भ्रममुक्त गराउनु पर्ने खाँचो औँल्याउनु भयो ।

उहाँले राजतन्त्रकालमा भन्दा गणतन्त्रकालमा धेरै विकास भएको तथ्यांकहरु प्रस्तुत गर्दै अराजक समूहले चेतनाको सट्टामा उत्तेजनाको राजनीति गर्न खोजेको दावी गर्नुभयो । महामन्त्री थापाले राजतन्त्रमा राजाको बारेमा प्रश्न उठाउन नपाइने, तर गणतन्त्रमा गणतन्त्र र नेताकै बारेमा खरो आलोचना गर्न पाइने भएकाले नै गणतन्त्र धेरै उत्तम भएको तर्क गर्नुभयो । उहाँले काँग्रेस भित्र जिम्मेवारी र अवसरका लागि आफूभन्दा माथी हेर्ने प्रबृत्ति रहेकोले अवदेखि त्यसलाई उल्ट्याएर तल हेर्ने पद्धती बसाल्नु पर्नेमा जोड दिनुभयो ।

अर्का प्रभावशाली नेता डा. भण्डारीले पनि काँग्रेसको र गणतन्त्रको विकल्प नभई बुढा नेताहरुको विकल्प खोज्ने बेला भएको धारणा राख्नुभयो । उहाँले उमेरका कारण धेरै काममा समस्या हुने गरेको उदाहरण दिँदै विकल्प खोज्नेहरुको भावना अनुसार आफूहरुले काम गर्न सक्ने दावी गर्नुभयो । गुल्मीका सांसद समेत रहनु भएका नेता भण्डारी गत फागुन ३ गते आगलागीमा परी घाइते भएपछि पहिलो पटक हिजो गृहजिल्ला आउनु भएको हो । उहाँले घाइते भएर मृत्युसँग अस्पतालको शैयामा छट्पटाईरहेका बेला गुल्मेली जनताको सम्झनाले आफूलाई जुरुक्क उठाएको अनुभव पनि सुनाउनु भयो ।

गुल्मी काँग्रेसको जिल्ला सम्मेलनमा भोली बन्दसत्र चल्ने सचिव जगदीश भट्टराईले जानकारी दिनुभयो ।


प्रकाशित मिति: ९ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?