Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

गौतमको हत्यामा संलग्न सार्वजनिक


२२ फागुन, बागलुङ। गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

फागुन १९ गते राति ६५ वर्षीया गौतम आफ्नो घरको पूर्व पाण्डुकेसरी वनको गोरेटो बाटोदेखि अन्दाजी ६० मिटर तल भिरमा मृतावस्थामा फेला परेको थियो ।

मृतावस्थामा फेला परेकी गौतमको गहना लुटिएको देखेपछि लडेर नभई हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानको क्रममा विकले हत्या गरेको पुष्टि भएपछि प्रहरीले उनलाई आइतबार सार्वजनिक गरेको छ ।

गलकोट नगरपालिका–९ चुँदारा टोल बस्ने ४३ वर्षीय इन्द्रबहादुर विकले पछाडिबाट चिउँडो र टाउकामा समाती मुन्टो बटारी हत्या गरेर गहरगहनासमेत लुटी भिरबाट खसालेको अनुसन्धानका क्रममा पाइएकाले पक्राउ गरेर आज सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । विकले अनुसन्धानका क्रममा आफूले हत्या गरेको स्वीकार गरेका छन् ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?