Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

‘गणतन्त्रको रक्षाका लागि एकताबद्ध हुनुपर्छ’


७ ,मङ्सिर ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट युवासङ्घ नेपालले जाजरकोटमा भूकम्पले भत्काएका पाँच सय घर निर्माण गर्न एक सय जनाको युवा टोली खटाएको छ ।

भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका निम्ति टोली जाजरकोटतर्फ आज प्रस्थान गरेको हो । पाँच सय अस्थायी घर बनाउने अभियानअन्तर्गत एक सय युवाले श्रमदान गर्नेछन् ।

पार्टीका शीर्षनेताको सहभागितामा आयोजित बिदाइ कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भूकम्पप्रभावितलाई दैनिक जीवनयापनमा कठिन भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

फरक प्रसङ्गमा नेता खनालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनका पक्षधर एकताबद्ध हुनुपर्नेमा विचार व्यक्त गरे ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?