Trending
>>   बीमा क्षेत्रमा विश्वसनियता बढाउन आवश्यक छः अध्यक्ष ओझा >>   अमेरिका–चीन व्यापार वार्ता सकारात्मकः संयुक्त राष्ट्र संघ >>   लिबियाको त्रिपोलीमा झडप हुँदा ६ जनाको मृत्यु >>   नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव प्रभातफेरी (तस्बिरहरु) >>   काठमाडौंको मखनटोलमा भिषण आगलागी, एक जनाको मृत्यु >>   आज मिति २०८२ साल वैशाख ३१ गते बुधबार ,हेर्नूहोस् आजको राशिफल >>   २० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न >>   १० महत्वपूर्ण बानीहरु जसले तपाइँलाई सफलताको उचाईमा पुर्याउँछ ! >>   औषधि लिमिटेडको औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समिति गठन >>   गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गर्यो : वर्षमान पुन
Logo
१ जेष्ठ २०८२, बुधबार
१ जेष्ठ २०८२, बुधबार

काठमाडौँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ


२२ फागुन, काठमाडाैँ। होली पर्वलाई मध्यनजर गरी आज काठमाडाैँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ ।

आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो ।

काठमाडौँका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’ राखिएको प्रहरीले जनाएको छ । यसैगरी विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको जनाइएको छ ।

होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरी तीव्र गतिमा सवारी हाँक्नेलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए ।

उनले इच्छाविपरीत कसैलाई रङ दल्ने, लोला हान्ने, होली मनाउने नाममा अभद्र व्यवहार गर्ने, लागुपदार्थ सेवन गरेर सवारी हाँक्ने तथा ट्राफिक नियम उल्लङ्घन गरी लापर्बाहीका साथ सवारी हाँक्नेलाई कारबाही गरिने बताए ।

होली पर्वलाई मर्यादित र सुरक्षित बनाउनका लागि उपत्यका ट्राफिक प्रहरीले थप सक्रियता जनाएको प्रहरी उपरीक्षक काफ्लेको भनाइ थियो ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?