Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सम्झनामा नेपालीलाई ‘स्मार्ट शौचालय’काे कन्सेप्ट सिकाउने अमात्य


आकासे पानी पुनः भरण र स्मार्ट शौचालय अभियन्ता प्रकाश अमात्यको निधन हृदयघातका कारण ०७९ असारमा निधन भयो । ललितपुरको मेडिसिटी अस्पताल पुर्‍याइएका ४९ वर्षीय उनको उपचारका क्रममा निधन भएको थियो । स्थानीय तहसँग सहकार्य गर्दै सार्वजनिक शौचालयमा अत्याधुनिक प्रविधिको प्रयोग, भूमिगत पानीको पुनः भरण, आकाशेपानी सङ्कलन, सहरी क्षेत्रको हरियाली सुधार, शौचालयको फोहरबाटै ग्याँस उत्पादन लगायतका क्रियाकलापमा अमात्य क्रियाशील थिए ।

अमात्य लगायतका सामाजिक अगुवाको अग्रसरतामा सार्वजनिकस्थलका शौचालयको सुधारका लागि ‘टक टु ट्वाइलेट’ अभियान सञ्चालनमा छ । उनकै पहलमा ललितपुरको मङ्गलबजार र पाटनढोका, काठमाडौंको स्वयम्भू, भिमसेस्थानस्थित परोपकार, नयाँ बानेश्वर, त्रिपुरेश्वर लगायतका क्षेत्रमा आधुनिक शौचालय निर्माण भएका छन् । स्वयम्भूको सार्वजनिक शौचालय विश्वकै उत्कृष्ट मध्ये पाँचौमा परेको छ ।

आकासे पानीको महत्वबारेको सन्देश दिन अमात्य लगायतको टोलीले ‘जलपरी’ र काठमाडौं जस्ता सहरी क्षेत्रको ढल व्यवस्थापन र फोहर पानी प्रशोधन सम्बन्धि सन्देश दिन ‘ढलमती’ नामक टेलिफिल्म र सचेतना सामग्री बनाएका अमात्यका सहकर्मी अनिल स्थापित स्मरण गर्छन् । उनका अनुसार मह सञ्चारसँग सहकार्यमा निर्माण भएका जलपरी र ढलमति टेलिफिल्ममा अमात्यले संयोजकको भूमिका निर्वाह गरेका थिए ।

एरोसान सस्टेनेवल स्यानिटेसन नेपालका कार्यकारी प्रमुख अमात्यले सहरमै घर भएका तर आफ्नो नाममा लालपुर्जा नभएका सहरका गरिबले भोगिरहेका, शौचालय र स्वछ खानेपानीका लागि सहयोग गर्दै आएका थिए ।

काठमाडौं महानगरसहितका स्थानीय तहले काठमाडौं महानगर लगायतका अन्य स्थानीय तहले नयाँ घर निर्माण गर्दा आफ्नो घर कम्पाउन्डमा आकासे पानीको पुनः भरण गर्ने सुनिश्चिता गर्न सेवाग्राहीलाई दबाब दिन थालेका छन् । जमिन मुनीको पानीको सतह बढाउन नयाँ घर नक्सा तयार गर्दा यस्तो संरचना अनिवार्य गर्नुपर्ने अमात्य लगायतका अभियन्ताको अवधारणा हो ।


प्रकाशित मिति: ३ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?