Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन’


काठमाडौं । अमेरिका बोस्टन निवासी गीतकार साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको सिनेमा ‘उफ यो मन’ सेन्सर पास भएको छ । सेन्सरमा सिनेमाले केन्द्रीय जाँस पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सस सर्टिफिकेट पाएको छ । यसको अर्थ यो सिनेमा सबै उमेर समूहले हेर्न पाउनेछन् ।

उत्कृष्ट बनेको भन्दै सेन्सर सदस्यहरुले सिनेमाको तारिफ गरेका छन् । ‘सेन्सर पदाधिकारीले हाम्रो सिनेमालाई मायाप्रेमको कथामा उत्कृष्ट सिनेमा निर्माण गर्नु भएको रहेछ भनेर तारिफ गर्नु भयो’, निर्माता अनु शाहले भनिन ।

चलचित्रलाई पहिले अमेरिका बाट प्रदर्शन सुरु गरिनेछ भने त्यसपछि नेपाल लगायत विश्वभर प्रदर्शन गरिने अनु शाह बताउछिन।अनुराधा फिल्म्स इन्टर नेसनलको निर्माण रहेको सिनेमालाइ निर्देशक सुरज चन्दले निर्देशन गरेका छन् भने चलचित्रमा एसराज गराच, रोहित रुम्बा, यमी दाहाल, समित गिरि, दिपक क्षेत्रि, पुकार गुरुङको अभिनय छ ।


प्रकाशित मिति: ३ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?