Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

मुक्तिनारायण मनमाया स्मृति पुरस्कार बाट साहित्यकार अनु शाह पुरस्कृत


काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युहयासायरद्वारा स्थापित ‘मुक्तिनारायण मनमाया श्रेष्ठ स्मृति विशिष्ठ साहित्यकार प्रतिभा पुरस्कार २०२२’ बोस्टनका नेपाली साहित्यकार अनु शाहलाई प्रदान गरिएको छ। राम श्रेष्ठद्वारा प्रायोजित पुरस्कार नगद २ सय ५० अमेरिकी डलरसहित सम्मानपत्र रहेको छ ।

अनेसास च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा संपन्न कार्यक्रमको प्रमुख आतिथी केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, विशिष्ठ अतिथी साहित्यकार महेश पौड्याल रहेका थिए। त्यसगरी कवि ईश्वरी भट्टको तेस्रो प्रकाशन “आकाश पारीबाट” र कवि गोपाल भण्डारीको “दोस्रो छन्द कविता संग्रह” को विमोचन समेत गरिएको थियो।

प्रमुख आतिथी केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले कार्यक्रममा बोल्दै साहित्यकार अनु शाहको लामो समय देखि अनबरत रुपमा साहित्यमा योगदान पुर्याएको भन्दै प्रसंसा गरेका थिए भने यस पुरस्कारले थप जिम्मेवार थपेको बताए।

अन्तमा सभापति हरिमाया अधिकारीले सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो। उक्त कार्यक्रम संस्थाका सचिव तथा नव निर्वाचित महासचिव नन्द शर्माले सन्चालन गर्नु भएको थियो। नवनिर्वाचित समितिको प्रथम बैठकले ईश्वरी भट्टलाई प्रधान सम्पादन नियुक्त गर्नुका साथै निर्वाचन समितिलाई धन्यवादसमेत ज्ञापन गरेको छ ।


प्रकाशित मिति: ३ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?