Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

परराष्ट्रमन्त्रीद्वारा भवन उद्घाटन


२ ,मङ्सिर ,कञ्चनपुर । एसियाली विकास बैंकको ऋण सहयोगमा निर्मित शुक्लाफाँटा नगरपालिकाको मुख्य प्रशासकीय भवनको आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उद्घाटन गरेका छन् ।

त्यस अवसरमा मन्त्री साउदले नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिकाका रूपमा विकास गर्न सम्बद्ध अधिकारीहरू लाग्नुपर्नेमा जोड दिए । सानो कोठाबाट कार्यालय सञ्चालन गरेको नगरपालिकाले आधुनिक भवनबाट सेवा प्रवाह गर्नु गर्वको विषय हो भने ।

फरक प्रसङ्गमा परराष्ट्रमन्त्रीले कार्यशैलीमा परिवर्तन गरी प्रशासनतन्त्रलाई बलियो बनाउनका लागि नयाँ निजामती कर्मचारी ऐन, शिक्षा ऐन र प्रहरी नियमावली ल्याउन लागिएको बताए ।

भवन रु १० करोडको लागतमा निर्माण भएको हो । भवनको भुइँतलामा ३१ वटा र पहिलो तलामा १९ गरी जम्मा ५१ वटा कोठा छन् ।


प्रकाशित मिति: २ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?