Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

विरोध प्रदर्शनपछि बङ्गलादेशमा तयारी पोशाक श्रमिकको मृत्यु


२६ ,कात्तिक ,ढाका । सरकारले गरेको पारिश्रमिक वृद्धि प्रस्ताव अत्यन्त कम भएकाले उचित पारिश्रमिकको माग गर्दै बङ्गलादेशका सयौँ तयारी पोशाक श्रमिकले आइतबार जुलुस निकालेका छन् । गत महिना सुरु भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा मर्नेको सङ्ख्या बढेर चार पुगेको छ ।

एक दशकमा सबैभन्दा खराब श्रमिक अशान्तिले बङ्गलादेश स्तब्ध छ । न्यूनतम पारिश्रमिक तीन गुणाले बढाएर २३ हजार टाका (दुई सय आड अमेरिकी डलर) बनाउनुपर्ने माग गर्दै हजारौँ श्रमिक प्रहरीसँगको झडपमा परेका छन् । प्रदर्शनका क्रममा सयाँै कारखाना क्षतिग्रस्त भएका छन् ।

बङ्गलादेशको तीन हजार पाँच सय तयारी पोशाक कारखानाले मुलुकको ५५ अर्ब अमेरिकी डलरको वार्षिक निर्यातमा करिब ८५ प्रतिशत योगदान गर्दछन् । यी कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई तयारी पोशाक आपूर्ति गर्दछन् ।

तर यो क्षेत्रका ४० लाख श्रमिकमध्ये धेरैको स्थिति दयनीय छ । यिनीहरूमा अधिकांश महिला छन् र उनीहरूको मासिक पारिश्रमिक आठ हजार तीन सय टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ ।

सरकारले नियुक्त गरेको प्यानलले मङ्गलबार मुलुकको तयारी पोशाक कारखानाका ४० लाख श्रमिकका लागि पारिश्रमिकमा ५६ दशमलव २५ प्रतिशतले वृद्धि गरेको थियो ।

श्रमिकहरूले उक्त प्रस्तावलाई अस्वीकार गरेका छन् । पारिश्रमिकको वृद्धि प्रस्तावपछि तिनीहरूको विरोध प्रदर्शन बढ्दै गएको छ र यस अवधिमा कम्तीमा ७० कारखानामा तोडफोड गरिएको छ ।


प्रकाशित मिति: २६ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?