Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

विरोध प्रदर्शनपछि बङ्गलादेशमा तयारी पोशाक श्रमिकको मृत्यु


२६ ,कात्तिक ,ढाका सरकारले गरेको पारिश्रमिक वृद्धि प्रस्ताव अत्यन्त कम भएकाले उचित पारिश्रमिकको माग गर्दै बङ्गलादेशका सयौँ तयारी पोशाक श्रमिकले आइतबार जुलुस निकालेका छन् । गत महिना सुरु भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा मर्नेको सङ्ख्या बढेर चार पुगेको छ ।

एक दशकमा सबैभन्दा खराब श्रमिक अशान्तिले बङ्गलादेश स्तब्ध छ । न्यूनतम पारिश्रमिक तीन गुणाले बढाएर २३ हजार टाका (दुई सय आड अमेरिकी डलर) बनाउनुपर्ने माग गर्दै हजारौँ श्रमिक प्रहरीसँगको झडपमा परेका छन् । प्रदर्शनका क्रममा सयाँै कारखाना क्षतिग्रस्त भएका छन् ।

बङ्गलादेशको तीन हजार पाँच सय तयारी पोशाक कारखानाले मुलुकको ५५ अर्ब अमेरिकी डलरको वार्षिक निर्यातमा करिब ८५ प्रतिशत योगदान गर्दछन् । यी कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई तयारी पोशाक आपूर्ति गर्दछन् ।

तर यो क्षेत्रका ४० लाख श्रमिकमध्ये धेरैको स्थिति दयनीय छ । यिनीहरूमा अधिकांश महिला छन् र उनीहरूको मासिक पारिश्रमिक आठ हजार तीन सय टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ ।

सरकारले नियुक्त गरेको प्यानलले मङ्गलबार मुलुकको तयारी पोशाक कारखानाका ४० लाख श्रमिकका लागि पारिश्रमिकमा ५६ दशमलव २५ प्रतिशतले वृद्धि गरेको थियो ।

श्रमिकहरूले उक्त प्रस्तावलाई अस्वीकार गरेका छन् । पारिश्रमिकको वृद्धि प्रस्तावपछि तिनीहरूको विरोध प्रदर्शन बढ्दै गएको छ र यस अवधिमा कम्तीमा ७० कारखानामा तोडफोड गरिएको छ ।


प्रकाशित मिति: २६ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?