Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

फजुल खर्च रोक्नुपर्नेमा महामन्त्री थापाको जोड


२६ ,कात्तिक ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह गरेका छन् ।

सरकारले सबैभन्दा पहिले आधारभूत सेवा भूकम्पपीडितलाई दिनुपर्ने त्यसपछि मात्र अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्न सुझाउन भएको छ ।

आज प्रधानमन्त्रीसँग भएको भेटमा महामन्त्री थापाले फजुल खर्च रोकेर भूकम्प प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न आग्रह गरेको महामन्त्री थापाको निजी सचिवालयले जनाएको छ ।

महामन्त्री थापाले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ का लागि छुट्याइएको रु आठ अर्ब २५ करोड पुनर्निर्माण कोषमा जम्मा गर्न अनुरोध गरेका थिए । भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न उनले आग्रह गरे ।


प्रकाशित मिति: २६ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?