Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

मिस गुरुङ ईन्टरनेसनल: जेरिना गुरुङ बनिन् विजेता


काठमाडौ। सौर्न्दय प्रतियोगिता मिस गुरुङ ईन्टरनेसनल पाँचौ संस्करणको ग्राण्ड फिनाले राष्ट्रिय सभा गृहमा सम्पन्न भएको छ ।मिस गुरुङ ईन्टरनेसनल सिजन ५ को उपाधी सिक्किमकि जेरिना गुरुङले जिनेकी छन् । जेरिनाले यमाहाको स्कुटरसंगै ५ लाख बराबरको पुरस्कारहरु पाएकी छन् । फस्ट रनरअपको उपाधी तारा गुरुङले हात पारिन भने सेकेन्ड रनरअपको उपाधी करिना गुरुङले हात पारिन । मिस पपुलरको उपाधी अनामिका गुरुङले हात पार्दा मिस ट्यालेण्ट तारा गुरुङनै भइन । साथै सम्पुर्ण विजेताहरुले विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् ।

ग्राण्ड फिनालेमा मनिका घले, अनमिका गुरुङ, करिना गुरुङ, समिक्षा गुरुङ, सुस्मिता गुरुङ, तारा गुरुङ, निशा गुरुङ, पुनम गुरुङ, समिक्षा गुरुङ, जेरिना गुरुङ, स्नेहा गुरुङ, निम्ति गुरुङ, सदिक्षा गुरुङ, अस्मिता गुरुङ सहभागी थिए भने सबैले विभिन्न सव टाइटलहरु जितेका छन् । ग्राण्ड फिनालेका निर्णयकका रुपमा कुल बहादुर गरुङ, ज्ञानेन्द्र गुरुङ , कमला गुरुङ, लक्ष्मी गुरुङ, र टिकाराम गुरुङ रहेका थिए ।

मृगतृष्णा फेसन हाउसको आयोजना र वि. एण्ड वि. ईभेन्ट मेनिया प्रा. लि. को व्यवस्थापनमा आयोजना भएको ग्राण्ड फिनाले पोखरा, गोरखा, काठमाडौ ,धादिङ र सिक्किममा बाट गरि १४ जना युवतीहरु प्रतिस्पर्धामा सहभागी थिए। सहभागीहरुले ट्यालेन्ट शोमा प्रदर्शन गरेको प्रस्तुतिका । गुरुङ कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले पाँच वर्षदेखि मिस गुरुङ ईन्टरनेलेसनलको आयोजना गरिदै आएको आयोजक संस्था कि अध्यक्ष तृष्णा गुरुङले जानकारी दिइन बताइन् ।


प्रकाशित मिति: २५ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?