Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

मिस गुरुङ ईन्टरनेसनल: जेरिना गुरुङ बनिन् विजेता


काठमाडौ। सौर्न्दय प्रतियोगिता मिस गुरुङ ईन्टरनेसनल पाँचौ संस्करणको ग्राण्ड फिनाले राष्ट्रिय सभा गृहमा सम्पन्न भएको छ ।मिस गुरुङ ईन्टरनेसनल सिजन ५ को उपाधी सिक्किमकि जेरिना गुरुङले जिनेकी छन् । जेरिनाले यमाहाको स्कुटरसंगै ५ लाख बराबरको पुरस्कारहरु पाएकी छन् । फस्ट रनरअपको उपाधी तारा गुरुङले हात पारिन भने सेकेन्ड रनरअपको उपाधी करिना गुरुङले हात पारिन । मिस पपुलरको उपाधी अनामिका गुरुङले हात पार्दा मिस ट्यालेण्ट तारा गुरुङनै भइन । साथै सम्पुर्ण विजेताहरुले विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् ।

ग्राण्ड फिनालेमा मनिका घले, अनमिका गुरुङ, करिना गुरुङ, समिक्षा गुरुङ, सुस्मिता गुरुङ, तारा गुरुङ, निशा गुरुङ, पुनम गुरुङ, समिक्षा गुरुङ, जेरिना गुरुङ, स्नेहा गुरुङ, निम्ति गुरुङ, सदिक्षा गुरुङ, अस्मिता गुरुङ सहभागी थिए भने सबैले विभिन्न सव टाइटलहरु जितेका छन् । ग्राण्ड फिनालेका निर्णयकका रुपमा कुल बहादुर गरुङ, ज्ञानेन्द्र गुरुङ , कमला गुरुङ, लक्ष्मी गुरुङ, र टिकाराम गुरुङ रहेका थिए ।

मृगतृष्णा फेसन हाउसको आयोजना र वि. एण्ड वि. ईभेन्ट मेनिया प्रा. लि. को व्यवस्थापनमा आयोजना भएको ग्राण्ड फिनाले पोखरा, गोरखा, काठमाडौ ,धादिङ र सिक्किममा बाट गरि १४ जना युवतीहरु प्रतिस्पर्धामा सहभागी थिए। सहभागीहरुले ट्यालेन्ट शोमा प्रदर्शन गरेको प्रस्तुतिका । गुरुङ कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले पाँच वर्षदेखि मिस गुरुङ ईन्टरनेलेसनलको आयोजना गरिदै आएको आयोजक संस्था कि अध्यक्ष तृष्णा गुरुङले जानकारी दिइन बताइन् ।


प्रकाशित मिति: २५ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?