Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

पूर्वउपराष्ट्रपति पासाङको ‘यात्रा जिन्दगी’ लोकार्पण


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले लेख्नुभएको पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारिताको प्रतीक भएको बताउनुभएको छ।

बिहीबार दिउँसो बालुवाटारमा पुनद्वारा लिखित पुस्तकको लोकार्पणपछि बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘पासाङजीको पुस्तकमा भएका कतिपय सन्दर्भहरू आजको परिस्थितिमा मेल खाँदैनन्। तर, उहाँले पुस्तकमा आफ्नो जीवनमा जस्तै सरलता र इमानदारिता प्रस्तुत गर्नुभएको छ।’’

‘‘म अढाइ वर्ष उहाँको घर रोल्पाको गाडागाउँमा बसें। मैले पासाङजीलाई एकदमै नजिकबाट चिनेको छु। उहाँ छलकपटरहित, सोझो, इमानदार, सरल, पारदर्शी र मिलनसार व्यक्तित्व हुनुहुन्छ’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘उहाँले पार्टी, आन्दोलन र नेतृत्वप्रति कहिल्यै शंका गर्नुभएन। आफ्नो जिम्मेवारीप्रति कहिल्यै लापरवाही गर्नुभएन। जनयुद्धकाल र शान्ति प्रक्रियामा पनि मेरो आदेशलाई जस्ताको तस्तै लागू गर्ने एक जना नेता उहाँ हो।’’

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘उपराष्ट्रपति भइसकेपछि उहाँले आफ्नो शालिनता र जिम्मेवारीबोध राम्रैसँग देखाउनुभयो। उहाँलाई उपराष्ट्रपतिमा मैले नै प्रस्ताव गरेको थिएँ। त्यो दिन म अत्यन्तै खुसी थिएँ। उहाँले आफ्नो कार्यकाल गरिमाका साथ पूरा गर्नुभयो। उहाँ एक जना अत्यन्तै असल मान्छे हो, अहिलेको समाजमा यस्ता मानिसहरू भेट्न मुस्किल पर्छ।’’

‘‘पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै थियो। त्यसैले गणतन्त्रपछि पहिलोपटक मैले नै पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा सार्वजनिक विदाको घोषणा गरें। त्याग र बलिदानको कीर्तिमान एवं मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वतीय छ। अहिले यसमाथि विभिन्न खालका बहसहरू पनि छन्। तर, एकदिन जनयुद्धको जीवन्त इतिहास लेखिने नै छ’’ प्रधानमन्त्रीले भन्नुभयो।


प्रकाशित मिति: २५ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?