Trending
>>   ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु >>   गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न निर्देशन >>   कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरबाही >>   लक्ष्मीपूजामा स्वदेशी माग धानेर २५३ मेगावाट विजुली भारत निर्यात >>   इच्छाकामनाले निर्माण गर्‍यो चिस्यान केन्द्र >>   नागढुंगा सहकारीको पाँच करोड हिनामिना >>   १०० भारतीय रूपैयाँका लागि १६६ रूपैयाँ तिर्छन् सीमावारीका नेपालीहरू >>   नेपालले द्वारा इङ्ल्याण्ड छ विकेटले पराजित >>   सवारी दुर्घटनामा एकको मृत्यु, एकको अवस्था गम्भीर >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना
Logo
१६ कार्तिक २०८१, शुक्रबार
१६ कार्तिक २०८१, शुक्रबार

‘सुशासन कायम गर्न सरकार दृढतापूर्वक लागेको छ’


२३ ,कात्तिक ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन् ।

‘प्रतिमान–नीमा स्मृति प्रतिष्ठान’को २०औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढेको वर्तमान सरकार देशमा विद्यमान चुनौतीलाई अवसरमा बदल्न क्रियाशील रहेको बताए ।

“दश महिनाको अवधिमा अर्थतन्त्रको सङ्कट अन्त्य गर्दै अर्थतन्त्रमा परेको दबाब अन्त्य गर्न मेहनत गरिएको छ । अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक छन्, यद्यपि दबाब अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता महसुस भएको छ”, उनले भने ।

आफ्नो भारत, इटाली, अमेरिका र चीन भ्रमणबाट नेपालको राष्ट्रिय हित प्रर्वद्धनमा योगदान भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गर्नुभएको नेपाल भ्रमण र नेपालप्रति व्यक्त विचारले सिङ्गो विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताए ।

“यसले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको तर्जुमा, जलवायु परिवर्तनले नेपालमा पारेको बहुआयमिक प्रभावलाई कम गर्न, कार्बन उत्र्सजन नियन्त्रणबापत नेपालले प्राप्त गर्नुपर्ने ‘रोयल्टी’, जलवायु परिवर्तनका क्षेत्रमा नेपाल नेतृत्व देशका रूपमा प्रस्तुत हुने आधार प्रस्तुत गरेको छ”, उनले भने, “यो हाम्रा लागि महत्त्वपूर्ण उपलब्धि हो ।

जाजरकोट भूकम्पबाट भएको अकल्पनीय क्षतिले देश शोकमा परेकोे उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भूकम्पपछि उद्धार र राहतमा सरकारले लिएको पहलकदमीले पुनःस्थापनामा पनि प्रभावकारी र वैज्ञानिक भूमिकाको आधार तयार भएको बताए ।

“सरकारले २०७२ को भूकम्पबाट शिक्षा लिएर यसपटक वैज्ञानिक र व्यवस्थितरूपमा पुनःस्थापनाको काम अगाडि बढाउने छ”, उनले भने ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मुलुकको सामाजिक–आर्थिक विकासका लागि सरकारको मात्र मुख नताकी जनताले पनि खुला हृदयले पनि सहयोग गर्नुपर्ने बताए । उनले प्राविधिक जनशक्ति उत्पादन गर्न प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसको सराहना गरे ।

विसं २००७ को प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका प्रतिमान चन्द बोहराको स्मृतिमा स्थापित उक्त प्रतिष्ठानले देशका विभिन्न स्थानमा रहेका विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?