Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

नौ बुँदे ‘कल्याणीदेवी घोषाणपत्र’ जारी


जिल्लास्तरीय चौबिसौँ जुनियर युवा रेडक्रस सर्कल (जुरेस) र शिक्षक नायक युवा रेडक्रस सर्कल (युरेस) को गोष्ठी नौ बुँदे ‘कल्याणीदेवी घोषाणपत्र’ जारी गर्दै सम्पन्न भएको छ । बेलकोटगढी नगरपालिका–८ मा रहेको कल्याणीदेवी माध्यमिक विद्यालयमा शुक्रबारदेखि सञ्चालित गोष्ठी समापनका अवसरमा रेडक्रसका नुवाकोट शाखा प्रमुख समुन्द्रबाबु अधिकारीले भावी रणनीति तय गर्दै आगामी वर्ष ऐँसेलुभूमे मावि किस्पाङमा गोष्ठी आयोजना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

जुरेस तथा युरेसले विभिन्न गतिविधि सञ्चालन गर्न स्थानीयस्तरमा नै स्रोत सङ्कलन तथा परिचालन गरिनुपर्नेमा जोड दिनाका साथै जिल्लाभरका विद्यालयमा जुनियर युवा रेड्क्रसको सङ्ठनात्मक विकास तथा विस्तार गदै पालिकास्तरीय संरचना निर्माण गरिने घोषणापत्रमा उल्लेख छ । “प्रत्येक महिना ‘एक विद्यालय–एक गतिविधि’ सञ्चालन गर्ने, युवा रेडक्रस सर्कलबाट कोष निर्माण गर्ने, कोषका लागि प्रत्येक विद्यालयबाट रकम सङ्कलनका लागि अभियान चलाउने, रेड्क्रसले सञ्चालन गर्ने गतिविधिमा युवा सर्कलको सहभागितालाई सक्रिय बनाउने” घोषणापत्रमा भनिएको छ । जुनियर युवा रेड्क्रस सर्कलले जीवनरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मानवीय सेवाका साथै जनचेतना अभिवृद्धि, रेडक्रसको सिद्धान्त र मानवीय मूल्य प्रवद्र्धन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको प्रचार, प्रकोप माहामारीको न्यूनीकरण, त्यसका लागि पूर्वतयारी, उद्धार र राहत वितरणमा सहयोगलगायत कार्यलाई अग्रस्थानमा राखेर भूमिका निर्वाह गरिने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

गोष्ठी समापन कार्यक्रममा रेडक्रस नुवाकोट शाखा सभापति हरि श्रेष्ठ, मन्त्री उद्धव शर्मा रिजाललगायत पदाधिकारीले जुनियर रेडक्रस सर्कलले पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा यसलाई थप जीवन्त बनाएर अघि बढ्न घोषणापत्रलाई पूर्णपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बेलकोटगढीका नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाललगायत जनप्रतिनिधि तथा रेडक्रसकर्मीको सभागिता थियो । जिल्लामा दुईसय ३५ भन्दाबढी विद्यालयमा जुरेस र युरेस क्रियाशील छन् ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?