Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

“प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट आउन नदिन सरकार संवेदनशील हुनुपर्छ”


२३ ,कात्तिक ,काठमाडौँ । भूकम्पपीडितको लागि युवा सङ्घ नेपालद्वारा सङ्कलित राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले रु १४ लाख मूल्य बराबरको राहत सामग्री युवा सङ्घ नेपालका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा युवा सङ्घका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गर्दै पूर्वप्रधानमन्त्री खनालले भूकम्प प्रभावित क्षेत्रमा समयमै उद्धार तथा राहत पुर्याउन नसके स्वास्थ्य सङ्कट आउन सक्ने भएकाले सरकार संवेदनशील हुनुपर्ने बताए ।

नेता खनालले राहत पाउने कुरामा प्रभावित थप समस्यामा परेको, सामान्यभन्दा सामान्य सेवा सुविधासमेत नपाएको समाचार आइरहेकाले उनीहरुलाई सहयोग गर्न सरकार गम्भीर हुनपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले सहयोगको लागि विश्वभर छरिएका नेपालीलाई आग्रह गर्दै देशमा दुःख परेका बेला विदेशमा रहेका नेपाली एकजुट भएर उनीहरूलाई सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

राहत सामग्री डिजिटल सोलार प्यानल करिब रु छ लाख बराबरको २० थान, एन्टि मस्क्युटो किड्स रु एक लाख बराबरको दुई सय ५२ थान, सेनिटरी प्याड रु तीन लाख बराबरको पाँच सय थान, अक्सिजन कन्सन्ट्रेटर एक थान रु एक लाख ५० हजार बराबरको, अक्सिमिटर एक थान रु एक लाख ५० हजार बराबर र विभिन्न औषधि रु दुई लाखभन्दा बढी मूल्य बराबरको र भोलेन्टियर हेलमेट एक सय थान रु ५० हजार बराबरको रहेको जनाइएको छ ।

गत शुक्रबार ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटसहितका जिल्लामा जनधनसहित ठूलो क्षति पुर्याएको हो ।युवा सङ्घका प्रवक्ता सञ्जीप राईको टोली आजै राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोट लागेको छ ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?