Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

“प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट आउन नदिन सरकार संवेदनशील हुनुपर्छ”


२३ ,कात्तिक ,काठमाडौँ । भूकम्पपीडितको लागि युवा सङ्घ नेपालद्वारा सङ्कलित राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले रु १४ लाख मूल्य बराबरको राहत सामग्री युवा सङ्घ नेपालका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा युवा सङ्घका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गर्दै पूर्वप्रधानमन्त्री खनालले भूकम्प प्रभावित क्षेत्रमा समयमै उद्धार तथा राहत पुर्याउन नसके स्वास्थ्य सङ्कट आउन सक्ने भएकाले सरकार संवेदनशील हुनुपर्ने बताए ।

नेता खनालले राहत पाउने कुरामा प्रभावित थप समस्यामा परेको, सामान्यभन्दा सामान्य सेवा सुविधासमेत नपाएको समाचार आइरहेकाले उनीहरुलाई सहयोग गर्न सरकार गम्भीर हुनपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले सहयोगको लागि विश्वभर छरिएका नेपालीलाई आग्रह गर्दै देशमा दुःख परेका बेला विदेशमा रहेका नेपाली एकजुट भएर उनीहरूलाई सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

राहत सामग्री डिजिटल सोलार प्यानल करिब रु छ लाख बराबरको २० थान, एन्टि मस्क्युटो किड्स रु एक लाख बराबरको दुई सय ५२ थान, सेनिटरी प्याड रु तीन लाख बराबरको पाँच सय थान, अक्सिजन कन्सन्ट्रेटर एक थान रु एक लाख ५० हजार बराबरको, अक्सिमिटर एक थान रु एक लाख ५० हजार बराबर र विभिन्न औषधि रु दुई लाखभन्दा बढी मूल्य बराबरको र भोलेन्टियर हेलमेट एक सय थान रु ५० हजार बराबरको रहेको जनाइएको छ ।

गत शुक्रबार ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटसहितका जिल्लामा जनधनसहित ठूलो क्षति पुर्याएको हो ।युवा सङ्घका प्रवक्ता सञ्जीप राईको टोली आजै राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोट लागेको छ ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?