Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

१२ दिने अमेरिका भ्रमणपछि स्वदेश फर्किए राप्रपा अध्यक्ष लिङ्देन


काठमाडौं । प्रवासी नेपाली एकता समाज अमेरिकाको निमन्त्रणमा कार्तिक ९ गते अमेरिका प्रस्थान गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन १२ दिने अमेरिका भ्रमणपछि स्वदेश फर्किएका छन् ।

अमेरिकामा उनले अमेरिकाको वाशिडंटन डिसी , ईन्डियाना, ओहायो, टेक्सास, बाल्टिमोर, न्यूयोर्क लगायतका मुख्य शहरहरूमा ठूलो संख्याका नेपाली समुदाय, पानसका विभिन्न समितिहरूसँग भेटघाट गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष लिङ्देनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत सम्हालेका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष हेमजङ गुरुङ, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरूले स्वागत गरेका थिए ।

अध्यक्ष लिङ्देनको भ्रमण टोलीका राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य एवं प्रवास विभागका प्रमुख आनन्द अधिकारी एवं अमेरिकामा रहेका पानस आईसीसीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ पनि स्वदेश फर्किएका छन्।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?