Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

महासचिव गुटेरेसले मङ्गलबार सङ्घीय सदनलाई सम्बोधन गर्ने,सांसदहरुलाईऔपचारिक पोशाकमा उपस्थित हुन आग्रह


काठमाडौ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आगामी मङ्गलबार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सदनलाई सोसम्बन्धी जानकारी दिएका छन् । उहाँले उक्त दिन दिउँसो ३ बजे ४५ मिनेटभित्रै औपचारिक पोशाकमा बैठक कक्षमा उपस्थित हुन सांसदहरुलाई आग्रहसमेत गरे ।

यसैबीच अर्थमन्त्रीकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिनिधिसभामा ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’ र ‘भन्सार विधेयक, २०८०’ प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले दुवै विधेयक संशोधनका लागि प्रस्तुत गर्न अनुमति दिए । प्रतिनिधिसभाको अर्को बैठक यही कात्तिक १६ गते बिहीबार बिहान ११ बजे बस्नेत तय भएको छ ।


प्रकाशित मिति: १२ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?