Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

एमालेको चियापन कात्तिक १५ गते


 

काठमाडौ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा निर्धारण गरिएको चियापान कार्यक्रम एक दिन पछि सरेको छ ।

यही कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना हुने भनिएकामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसको नेपाल भ्रमणको कार्यतालिकालाई ध्यान दिँदै यही कात्तिक १५ गतेका लागि कार्यक्रम सारिएको एमालेका केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

चियापान कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः१५ बजेबाट सुरु हुने जनाइएको छ ।


प्रकाशित मिति: १० कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?