Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

परराष्ट्रसचिब पौड्याल क्यानाडाका लागि राजदूत सिफारिस, मन्त्रीस्तरीय प्रोटोकल पाउने


काठमाडौं।  परराष्ट्र सचिव भरतराज पौड्याललाई सरकारले क्यानडाका लागि नेपालको नयाँ राजदूतमा सिफारिस गरेको छ । कात्तिक २ गते बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकारको प्रोटोकलमा क्याबिनेट मन्त्री सरह हैसियत र सुबिधा पाउने गरी उनलाई राजदूत सिफारिश गरिएको हो ।

पौड्याललाई २० मंसिमा सेवानिबृत्त हुनेछन् । यसअघि ७जना राजदूत सिफारिश गर्दा क्यानाडा खाली राखिएको थियो । परराष्ट्रका सहसचिब भृगु ढुंगाना राजदूतको कार्यकाल सकिएर फर्केपछि क्यानाडाको नेपाली मिसन नेतृत्वबिहीन छ ।

दशैंपछि पौड्यालको संसदीय सुनुवाई हुनेछ । मंसिर २० पछि परराष्ट्र सचिवमा सहसचिव सेवा लम्साललाई नियुक्त गर्ने सरकारी तयारी छ । लम्साल परराष्ट्रका बरिष्ठ सहसचिब हुन् ।


प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?