Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल भन्छन-‘प्रदेशको राजधानी काभ्रेपलान्चोक हुनुपर्छ’


हेटौंडा: बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती प्रदेशको राजधानी काभ्रे हुनुपर्ने जिकिर गरेका छन् । प्रदेश भित्रका अधिकत्तम जिल्लाको लागि हेटौंडा अनुपयुक्त भएको भन्दै उनले प्रदेशको केन्द्र काभ्रे उपयुक्त हुने बताएका हुन् । नेकपा (माओवादी केन्द्र) को मध्यपुर थिमी नगर समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री जमरकट्टेलले तत्कालीन सरकारले हेटौंडालाई प्रदेश राजधानी तोक्दा प्रदेशका १० जिल्ला अन्यायमा परेका प्रष्ट पारे । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री जमरकट्टेलले प्रदेशको नाम र मुकाम आफूहरुलाई मन नपरेपनि स्वीकार गर्नुपरेको गुनासो गरे । “हामी बलियो भए प्रदेशको नाम र मुकाम दुबै परिवर्तन गर्न सकिन्छ ।” उनले भने ।

आफूले प्रदेश सरकारको नेतृत्व पाएपछि प्रदेशको भाषिक पहिचानका लागि भाषा बिधेयक ल्याएको जानकारी गराउदै मुख्यमन्त्री जमरकट्टेलले नेवारी र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनु प्रदेश सरकारको महत्वपूर्ण काम भएको दावी गरे । तत्कालीन जनयुद्धमा नेवा: ताम्सालिङ घोषणा गरिएको प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाइनु रणनीतिक बिजय भएको उनको भनाइ छ । नेवा: र तामाङ कुनै जाति विशेषको कुरा नभई सभ्यता भएको भन्दै मुख्य मन्त्री जमरकट्टेलले यसलाई कुनै जाती, सम्प्रदाय र समुदायमा सँकुचित नगरी प्रदेशले सम्पत्तिको रुपमा लिएको जानकारी गराएका छन् ।

मुख्यमन्त्री जमरकट्टेलले प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार निर्माण लगायतको क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको जानकारी गराउदै त्यसलाई ओझेलमा पारी प्रदेशप्रति विष बमन भैरहेको बताएका छन् । वर्तमान ब्यवस्थाका बिरोधीहरुले प्रदेश सरकारको बद्नाम गर्ने दुस्साहस गरिरहेका दावी गर्दै उनले आफूहरुलाई त्यसले बिचलित नबनाउने बरु अझ इमान्दार भएर जनताको पक्षमा काम गर्न प्रेरित गर्ने बताए । उक्त अवसरमा नेपाल सरकारको पूर्वमन्त्रीसमेत रहेकी नेकपा (माओवादी केन्द्र) की नेतृ शशि श्रेष्ठले आफ्नो कार्यकालमा स्वबासीलाई लालपुर्जा बाडिएको र भूमिहीनलाई भूमिको मालिक बनाउन उल्लेख कार्य गरिएको जानकारी गराउदै जनताले पार्टी प्रति गरेको अपेक्षालाई पार्टी बाट निर्वाचित जनप्रतिनिधिले इमानदार पूर्वक पूरा गर्न प्रयत्न गरिरहनुपर्नेमा जोड दिएकी थिइन् । पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सुशासन र भ्रष्टाचार नियन्त्रणमा ऐतिहासिक काम भएको भन्दै उनले देशको बिकास र समृद्धिका लागि माओवादी केन्द्रको बिकल्प नभएको बताइन् ।

मध्यपुर थिमी नगरपालिकाको उपमेयर समेत रहेका माओवादी केन्द्रका स्थानीय नगर अध्यक्ष बिजय कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा मुख्य मन्त्री जमरकट्टेललाई नेवारी तामाङ भाषा लाई मान्यता दिलाएको भन्दै सम्मान पत्र प्रदान गरिएको थियो भने पूर्व मन्त्री श्रेष्ठले मध्यपुर थिमिमा स्वबासीलाई लालपुर्जा दिलाउन पुर्याएको योगदानको कदर पर्दै कदर पत्र प्रदान गरिएको थियो । उनीहरू संगै मध्यपुर थिमिमा बिबिध बिधामा उल्लेखनीय योगदान गर्ने एक दर्जन बढी ब्यक्तित्वहरुलासमेत सम्मान गरिएको थियो । कार्यक्रममा पार्टीका भक्तपुर इन्चार्ज दिलिप प्रजापति, मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल, प्रदेश सांसदद्वय देवेन्द्र श्रेष्ठ र भुवकेशरी श्रेष्ठ भावना त्यसैगरी केन्द्रीय सदस्यहरू रामप्रसाद सापकोटा दिपशिखा, प्रतिमा श्रेष्ठ र उमा कपाली लगायतको आतिथ्यता रहेको थियो।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?