Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

प्रकृति संरक्षणको लागि लगानी जरुरी: सभापति राणा


काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले प्रकृति संरक्षणका लागि लगानी आवश्यक रहेको बताएकी छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण सम्मान समारोहलाई शुक्रबार सम्बोधन गर्दै सभापति राणाले समसामयिक वातावरण र विकासका चुनौतीहरू र तिनका समाधानको उपायका बारेमा धारणा राखेकी थिइन् ।

प्राकृतिक सम्पदामा नेपाल धनी भए पनि जलवायु परिवर्तन र बढ्दो तापक्रमले नेपालको प्राकृतिक पारिस्थितिक प्रणाली र जैविक विविधता कमजोर हुँदै गइरहेको भन्दै सभापति राणाले अनुसन्धान र संरक्षणमा लगानी गरेर अघि बढ्नुपर्ने बताइन् । ‘पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन हाम्रो जैविक विविधता सम्पदाको लागि ठूलो खतरा भएको छ । नेपाल जलवायु परिवर्तनको असरको उच्च जोखिममा छ । जलवायु परिवर्तनका कारण हाम्रो वन जैविक विविधता, जलविद्युत, कृषि, जलस्रोत र स्वास्थ्य क्षेत्र सबैभन्दा बढी जोखिममा छन् । बढ्दो तापक्रम र भिषण वर्षाले प्रकृतिको पुनर्जीवित गर्ने क्षमतालाई कमजोर बनाउँदैछ,’ उनले भनिन् । यी चुनौतीहरू सामना गर्न राजनीतिक इच्छाशक्ति आवश्यक रहेको उनको भनाइ थियो । यसैगरी वन, जमिन, जल र वायु तथा समावेशी हरित क्षेत्रलाई प्राथमिकता दिनुपर्ने राणाले औल्याइन् । ‘नेपालले आफ्नो र अरुबाट सिकेर अनुसन्धानमा लगानी गर्नुपर्छ । हामीले दिगो विकासका लागि स्वच्छ प्रविधिलाई पनि प्राथमिकता दिनुपर्छ,’ उनले भनिन् ।

जलवायु परिवर्तनका नकारात्मक प्रभावहरूविरुद्ध लड्न नेपालको समृद्ध जैविक विविधता र प्राकृतिक इकोसिस्टमलाई उपयोग गर्न सकिने राणाले उल्लेख गरिन् । ‘जैविक विविधता र इकोसिस्टम सेवाहरू जस्तै संरक्षित नदी, वन र सिमसारहरूले हामीलाई जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न मात्र नभई दिगो जीविकोपार्जन गर्न पनि मद्दत गर्न सक्छन्,’ उनले भनिन्, ‘त्यसैले राम्रोसँग संरक्षित प्रकृतिले हाम्रा गरिब र जोखिममा परेका मानिसहरू विशेषगरी महिला र आदिवासी समुदायहरूमा जलवायु परिवर्तनको विनाशकारी प्रभावहरूलाई कम गर्न र हाम्रो पूर्वाधारलाई दिगो बनाउनको लागि हाम्रो प्रयासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’ प्रकृतिसँग काम गर्नाले दिगो विकास लक्ष्यहरू हासिल गर्न सफल जलवायु परिवर्तन अनुकूलन, न्यूनीकरण, गरिबी न्यूनीकरण र प्रकोप जोखिम न्यूनीकरण लगायतका धेरै फाइदाहरू ल्याउन सक्ने राणाको भनाइ थियो ।

सभापति राणाले प्रकृति संरक्षण र बिग्रिएको इकोसिस्टमको पुनर्स्थापनाका लागि राष्ट्रिय मात्र नभई विश्वव्यापी राजनीतिक इच्छाशक्ति र प्रकृति संरक्षणको लागि लगानी आवश्यक रहेको दोहार्याइन् । प्रकृति संरक्षण कोषलाई प्रकृति संरक्षण र इकोसिस्टम पुनर्स्थापनामा आफ्नो काम दोब्बर गर्न आग्रह गरिन् । कोषको कामले जलवायु परिवर्तनको समाधानका लागि नेपालको विश्वव्यापी प्रतिबद्धताहरूमा महत्त्वपूर्ण योगदान पुर्यालउने उनले विश्वास गरिन् । सभापति राणाले प्रकृति संरक्षण र विकासको लागि एकीकृत, समावेशी र समन्वयात्मक दृष्टिकोण अपनाउन सरकारलाई आग्रह गरिन् ।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?