Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुने


३ ,कात्तिक ,काठमाडौँ । वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता यही कात्तिक १८ गतेदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सञ्जिव तुलाधरले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सिनियरमा चार, भेट्रानमा सात र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ ।

सिनियर र भेट्रानमा गरी कुल रु नौ लाख ५ हजार नगद पुरस्कार रहेको आयोजकको भनाइ छ । त्यस्तै जुनियरमा भने प्रोत्साहनस्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु ३५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । यही कात्तिक २५ गतेसम्म हुने उक्त प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?