Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

नेपालले युएईसँग ३० कात्तिक र यमनसँग ५ मंसिरमा खेल्ने


काठमाडौं । फिफा विश्वकपको एसिया क्षेत्रको छनोट खेलको दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ । पहिलो चरणको छनोटमा लाओसलाई समग्रमा २–१ ले पराजित गरेको नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । लाओससँगको पहिलो लेग नेपालले २५ असोजमा दशरथ रंगशालामा १–१ को बराबरी खेलेको थियो । दोस्रो लेग ३० असोजमा लाओसमा भएको थियो र नेपाल १–० ले विजयी भएको थियो ।

समूह एचमा रहेको नेपालले पहिलो खेल कात्तिक ३० गते संयुक्त अरब इमिरेट्स (युएई) सँग दुबईमा खेल्नेछ । त्यस्तै दोस्रो खेल भने यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा खेल्नेछ भने यही समूहमा रहेका यमन र बहराइनले ३० कात्तिकमै साउदी अरेबियामा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै ५ मंसिरमा बहराइन र युएईले बहराइनमा प्रतिस्पर्धा गर्नेछन् ।

 


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?