Trending
>>   इमान्दार र जिम्मेवार इन्जिनियरहरुको खाँचो छः उपप्रधानमन्त्री सिंह >>   भण्डारीको सदस्यता नविकरण पेण्डिङमा छ, अहिल्यै अध्यक्ष बनाएर जान सकिँदैन : एमाले >>   मौसम : यी पाँच प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध >>   आजको राशिफल : २०८२ साल साउन ०४ गते आइतबार >>   शेरबहादुर तामाङको दाबीः बैठकमा कुनै नेताहरुबीच भनाभन भएको छैन >>   एमाले पोलिटब्युरोः उमेरहद, दुई वर्षे कार्यकाल र भण्डारीको सदस्यता नविकरणबारे बहस >>   नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने >>   नेपाल प्रहरीलाई प्रश्न : प्राथमिकतामा रासन कि हतियार ? >>   नयाँ खरिद नहुँदा राजावादी प्रदर्शनमा डेट एक्सपायर टियरग्याँस हान्नुपर्यो : गृहमन्त्री >>   रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा
Logo
४ श्रावण २०८२, आईतवार
४ श्रावण २०८२, आईतवार

नेपालले युएईसँग ३० कात्तिक र यमनसँग ५ मंसिरमा खेल्ने


काठमाडौं । फिफा विश्वकपको एसिया क्षेत्रको छनोट खेलको दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ । पहिलो चरणको छनोटमा लाओसलाई समग्रमा २–१ ले पराजित गरेको नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । लाओससँगको पहिलो लेग नेपालले २५ असोजमा दशरथ रंगशालामा १–१ को बराबरी खेलेको थियो । दोस्रो लेग ३० असोजमा लाओसमा भएको थियो र नेपाल १–० ले विजयी भएको थियो ।

समूह एचमा रहेको नेपालले पहिलो खेल कात्तिक ३० गते संयुक्त अरब इमिरेट्स (युएई) सँग दुबईमा खेल्नेछ । त्यस्तै दोस्रो खेल भने यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा खेल्नेछ भने यही समूहमा रहेका यमन र बहराइनले ३० कात्तिकमै साउदी अरेबियामा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै ५ मंसिरमा बहराइन र युएईले बहराइनमा प्रतिस्पर्धा गर्नेछन् ।

 


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?