Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

सङ्घीयता कार्यान्वयन गर्दै बागमती प्रदेश सरकार


१ ,कात्तिक ,मनहरी । बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले संविधानको भावना र मर्मअनुरुप प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।

हेटौँडामा मन्त्री श्रेष्ठले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रदेश सरकार सङ्घीयतालाई कार्यान्वयन गर्दै प्रदेश निजामती ऐन पारित गरी कर्मचारी व्यवस्थापन र परिचालनमा जुटेको बताए ।

ऐन कार्यान्वयन गरेर दुई जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गरेको मन्त्री श्रेष्ठले सुनाए । प्रदेशमा तामाङ र नेपाल भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न संसद्बाटै ऐन पारित गरी कार्यान्वयनमा ल्याइएको समेत उनले बताए ।

गठबन्धन सरकारले गरेको प्रतिबद्धता अनुरुप भदौ मसान्तसम्म प्रहरी समायोजन गर्नुपर्नेमा तिहारअघि उक्त प्रतिबद्धताअनुरुप काम हुने विश्वाससमेत लिइएको मन्त्री श्रेष्ठले बताए ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?