Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

राष्ट्रिय एकता कमजोर बनाउनेप्रति सजग हुनुपर्ने


१ ,कात्तिक ,काठमाडौँ । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयास भएकामा आपत्ति जनाउँदैप्रति त्यसो हुन नदिन सबै सजग हुनुपर्ने बताएका छन् ।

एमालेको जनसङ्गठन नेपाल राष्ट्रिय भूतपूर्व प्रहरी तथा सैनिक सङ्गठनले आज यहाँ आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले मुलुकका असहिष्णुता र अराजकता बढेर राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयास भएकाले आम नेपालीले त्यसको प्रतिकार गर्नुपर्नेमा जोड दिए ।

एमाले अध्यक्ष ओलीले भने, “महान् पुर्खाका सन्तान नेपालीले जिम्मेवारीबोधसहित सबै नेपाली सुरक्षाकर्मीसरह अनुशासित हुनुपर्छ । हामी विभेद र असमानतालाई अन्त्य गरेर सामाजिक सद्भावसहितको एकता चाहन्छौँ,यसका आधारमा हामी समृद्धिको बाटोमा अघि बढ्न खोजेका छौँ । यो यात्रालाई बिथोल्न खोज्नेबाट सतर्क हुनुपर्छ ।”

उनले जागीरबाट भूतपूर्व भए पनि कठिनाइ र समस्याका बीच राष्ट्रिय कर्तव्यबाट कोही पनि विमुख हुन नसक्ने जनाउँदै पूर्व सुरक्षाकर्मी देशको एक पहरेदार हुन् भने ।

कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाललगायतको उपस्थिति थियो ।

सङ्गठनका अध्यक्ष विनोद पाण्डेले राष्ट्रको सेवा गरेर अवकाश लिएका पूर्वसुरक्षाकर्मीले मुलुकको समृद्धि चाहेको स्पष्ट गरे ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?