Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

राष्ट्रिय एकता कमजोर बनाउनेप्रति सजग हुनुपर्ने


१ ,कात्तिक ,काठमाडौँ । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयास भएकामा आपत्ति जनाउँदैप्रति त्यसो हुन नदिन सबै सजग हुनुपर्ने बताएका छन् ।

एमालेको जनसङ्गठन नेपाल राष्ट्रिय भूतपूर्व प्रहरी तथा सैनिक सङ्गठनले आज यहाँ आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले मुलुकका असहिष्णुता र अराजकता बढेर राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयास भएकाले आम नेपालीले त्यसको प्रतिकार गर्नुपर्नेमा जोड दिए ।

एमाले अध्यक्ष ओलीले भने, “महान् पुर्खाका सन्तान नेपालीले जिम्मेवारीबोधसहित सबै नेपाली सुरक्षाकर्मीसरह अनुशासित हुनुपर्छ । हामी विभेद र असमानतालाई अन्त्य गरेर सामाजिक सद्भावसहितको एकता चाहन्छौँ,यसका आधारमा हामी समृद्धिको बाटोमा अघि बढ्न खोजेका छौँ । यो यात्रालाई बिथोल्न खोज्नेबाट सतर्क हुनुपर्छ ।”

उनले जागीरबाट भूतपूर्व भए पनि कठिनाइ र समस्याका बीच राष्ट्रिय कर्तव्यबाट कोही पनि विमुख हुन नसक्ने जनाउँदै पूर्व सुरक्षाकर्मी देशको एक पहरेदार हुन् भने ।

कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाललगायतको उपस्थिति थियो ।

सङ्गठनका अध्यक्ष विनोद पाण्डेले राष्ट्रको सेवा गरेर अवकाश लिएका पूर्वसुरक्षाकर्मीले मुलुकको समृद्धि चाहेको स्पष्ट गरे ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?