Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

इजरायलमा रहेका नेपालीबारे कांग्रेस नेता काेइरालाकाे चासाे


काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक काेइरालाले इजरायलमा रहेका नेपालीबारे चासाे व्यक्त गरेका छन् । इजरायलमा हमासकाे आक्रमणका कारण नेपालीकाे मृत्यु भइसकेकाे छ भने त्यहाँ रहेका नेपालीहरू असुरक्षित रहेकाे खबर आइरहेका बेला डा. काेइरालाले इजरालयलमा रहेका नेपालीबारे चासाे व्यक्त गरेका हुन् ।

आज इजरायलस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन कार्कीसँग सम्पर्क गरि काेइरालाले त्यहाँ रहेका नेपालीहरूकाे जीवनरक्षाका लागि तत्परता देखाउन आग्रह गरेका हुन् । साे क्रममा कार्कीले इजरालयमा रहेका नेपालीहरूकाे अवस्थाबारे जानकारी गराएका थिए । काेइरालाले इजरायलमा समस्यामा रहेका नेपालीको तत्काल उद्दारका लागि काम अघि बढाउन भन्दै नेपालबाट गर्नुपर्ने कामका लागि सरकालाई ध्यानाकर्षण गराउने बताए । काेइरालाले इजरायलमा निधन भएका विद्यार्थीहरूप्रति समवेदना व्यक्त गर्दै आतंकवादी हमलाकाे निन्दा पनि गरेका छन्।

नेपाल र इजरायलबीच स्थापनाकालदेखि नै सुमधुर सम्बन्ध छ । इजरायललाई भारतले मान्यता नदिँदा वीपी काेइराला नेतृत्वकाे सरकारले स्वतन्त्र राष्ट्रकाे मान्यता दिएकाे थियाे ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?