Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

इजरायलमा रहेका नेपालीबारे कांग्रेस नेता काेइरालाकाे चासाे


काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक काेइरालाले इजरायलमा रहेका नेपालीबारे चासाे व्यक्त गरेका छन् । इजरायलमा हमासकाे आक्रमणका कारण नेपालीकाे मृत्यु भइसकेकाे छ भने त्यहाँ रहेका नेपालीहरू असुरक्षित रहेकाे खबर आइरहेका बेला डा. काेइरालाले इजरालयलमा रहेका नेपालीबारे चासाे व्यक्त गरेका हुन् ।

आज इजरायलस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन कार्कीसँग सम्पर्क गरि काेइरालाले त्यहाँ रहेका नेपालीहरूकाे जीवनरक्षाका लागि तत्परता देखाउन आग्रह गरेका हुन् । साे क्रममा कार्कीले इजरालयमा रहेका नेपालीहरूकाे अवस्थाबारे जानकारी गराएका थिए । काेइरालाले इजरायलमा समस्यामा रहेका नेपालीको तत्काल उद्दारका लागि काम अघि बढाउन भन्दै नेपालबाट गर्नुपर्ने कामका लागि सरकालाई ध्यानाकर्षण गराउने बताए । काेइरालाले इजरायलमा निधन भएका विद्यार्थीहरूप्रति समवेदना व्यक्त गर्दै आतंकवादी हमलाकाे निन्दा पनि गरेका छन्।

नेपाल र इजरायलबीच स्थापनाकालदेखि नै सुमधुर सम्बन्ध छ । इजरायललाई भारतले मान्यता नदिँदा वीपी काेइराला नेतृत्वकाे सरकारले स्वतन्त्र राष्ट्रकाे मान्यता दिएकाे थियाे ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?