Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

सभामुखसँग आयोगका पदाधिकारीको भेट


२२ ,असोज ,काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितको टोलीले भेट गरेको छ ।

उक्त भेटका अवसरमा सभामुख घिमिरेले नेपालको मानवअधिकार आयोगको स्तर ‘ए’ श्रेणीमा नै कायम राख्ने सम्बन्धमा संसद्ले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज आयोगका अध्यक्ष मगरसहितको टोलीसँगको भेटमा सभामुख घिमिरेले उक्त विषयमा सरकारसँग समन्वय गर्ने र आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सरकारसँग समन्वय गरी सङ्क्रमणकालीन न्याय एवं आयोगको ऐन सम्बन्धी संशोधन विधेयकमा आयोगका सुझावलाई समावेश गरेर अगाडि बढ्ने बताए ।

आयोगका अध्यक्ष मगरले नेपालको स्तर ‘ए’ श्रेणी कायम गर्ने र मानवअधिकार आयोग ऐन तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक हाल संसद्को मानवअधिकार समितिमा विचाराधीन रहेको अवस्थामा आयोगले दिएका सुझावका सम्बन्धमा उनले अवगत गराएका थिए ।

आयोगका सदस्य डा सूर्य ढुङ्गेलले एशिया प्रशान्त मञ्च र राष्ट्रिय मानवअधिकार संंस्थाहरुको विश्वव्यापी सञ्जालसँग आयोगले गरेका छलफल तथा पहलबारे जानकारी गराए । भेटमा आयोगका सदस्य मनोज दुवाडी, कामु सचिव मुरारीप्रसाद खरेल र मानव अधिकार अधिकृत खिमानन्द बस्यालसमेत सहभागी थिए ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?