Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

जनयुद्ध दिवसको बिदा रद्द गर्न प्रधानमन्त्रीलाई ओलीको आग्रह


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालले नै शान्ति प्रक्रिया टुंग्याउन नचाहेको आरोप लगाउदै ‘जनयुद्ध दिवस’ का अवसरमा फागुन १ मा दिने गरिएको बिदा रद्द गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभा को बैठकमा बोल्दै एमाले अध्यक्ष केपी ओलीले आफुहरु को सहमति बिनानै गत बर्ष प्रधानमन्त्री दाहालले जनयुद्ध दिवसमा बिदा दिएको बताए। ‘अबको मन्त्रिपरिषद बैठकबाट जनयुद्ध दिवसमा दिइएको बिदा रद्द गर्नुहोस्,’ ओलीले भने, ‘रद्द गर्नुहुन्न भने हामीले यसका विरूद्ध कदम चाल्नुपर्ने हुन्छ।’

आफूहरूले शान्ति प्रक्रियामा सहमति जनाएको तर हिंसा सुरू भएको दिनलाई जयगान गर्न नसकिने ओलीले बताए।


प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?