Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’


१४ ,असोज ,काठमाडौँ । पत्रकार महिलाको सहभागिता र व्यावसायिक दक्षता वृद्धिका लागि सूचना प्रविधिको पहुँच बढाउनुपर्नेमा जोड दिएको छ ।

प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको ‘पत्रकार महिलाको अवस्था, समस्या र समाधानका उपाय’ कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सञ्चार क्षेत्र महत्त्वपूर्ण क्षेत्र भएकाले सञ्चारमाध्यमले महिला पत्रकार नेतृत्व तहमा पुर्‍याउनुपर्ने बताईन्‌ ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले महिला पत्रकारको अवस्था, समस्या केके छन् र समाधान कसरी गर्न सकिन्छ भनेर सुझाव लिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।

उहाँले काउन्सिलले महिला पत्रकारको सशक्तीकरणका लागि विभिन्न प्रदेशमा तालिम/प्रशिक्षण दिने तयारी भएको जानकारी दिए ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक एवं काउन्सिल बोर्डका सदस्य शङ्कर नेपालले संविधान र कानुनले विचार तथा अभिव्यक्त स्वतन्त्रताको प्रयोग गर्दै व्यावसायिकता विकास गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले श्रम शोषण पत्रकारिता क्षेत्रमा हँुदैन भनेर स्थापित गर्दै सञ्चार गृहमा महिला सम्पादक बनाउन जरुरी रहेको बताए ।

उहाँले सूचना प्रविधिको माध्यम प्रयोग गरेर मिडियालाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले सूचना प्रविधिको अत्यधिक विकास, कोभिड महामारी र आर्थिक मन्दीले गर्दा सञ्चारमाध्यममा समस्या देखिएको उल्लेख गर्दै श्रमजीवी पत्रकार ऐेनको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिए ।

सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले सूचना प्रविधिमा महिलाको पहुँच वृद्धि गर्दै नेतृत्व तहमा महिला पत्रकारलाई पुर्‍याउनुपर्नेमा जोड दिए ।

सञ्चारिका समूहका पूर्वअध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रमा महिलाको पेशागत र व्यावसायिक सुरक्षाका लागि डिजिटल प्रविधिमा निपुण बनाउनुपर्ने बताए ।

सञ्चारिका समूहका महासचिव वसन्ती बाँस्तोलाले ‘पत्रकार महिलाको अवस्था, समस्या र समाधानका उपाय’ कार्यपत्रको प्रस्तुत गर्दै सम्पादकीय स्तरमा महिला पत्रकारको कमी, पत्रकारिता क्षेत्रका महिलाको गुनासो सुन्ने संयन्त्रको विकास गर्नुपर्ने र सूचना प्रविधिमा महिला पत्रकारको पहुँच बढाउनुपर्ने उल्लेख गरिन्‌।

सहभागी महिला पत्रकारले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, सूचना प्रविधिसम्बन्धी तालिम, व्यावसायिक सुरक्षा र क्षमता अभिवृद्धिमा काउन्सिलले काम गर्नुपर्ने सुझाव दिएका थिए ।


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?