Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न नेविसंघ अध्यक्षको २४ घण्टे अल्टिमेटम ,नगरे कडा प्रतिवादको चेतावनी !


काठमाडौंः नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गरी यस्तो चाडपर्वहरू नजिकिएको समयमा नेपाल आयल निगमद्वारा गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिले गम्भिर ध्यानाकर्षण भन्दै यस्तो माग गरेका हुन् । उनले २४ घण्टा खारेज नगरे कडा प्रतिवादको चेतावनी दिएका छनु ।

‘खाना पकाउने ग्याससंगै डिजेल, पेट्रोल र मट्टीतेलको भाउको अस्वभाविक मूल्य वृद्धि नेपाली जनताको ढाड सेक्ने गरी कोही कसैबाट पनि भएका निर्णय हामीलाई मान्य हुने छैन । विश्वव्यापी आर्थिक मन्दीको चेपुवामा निम्न आयमा गुजारा गर्नुपर्ने बाध्यतामा बसिरहेका नेपाली जनतालाई राहत महसुस हुने गरी कार्य गर्ने समय हो । त्यसैले सरकारले हस्तक्षेप गरी तत्काल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गर्दछ,’वज्ञप्तिमा भनिएको छ,’कर पुर्नविचार गर्न, अनावश्यक करहरु हटाउन र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि २४ घण्टा मित्र खारेज गरियोस् अन्यथा ने वि संघ कडा प्रतिवाद गर्न बाध्य हुनेछ ।’

 


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?