Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न नेविसंघ अध्यक्षको २४ घण्टे अल्टिमेटम ,नगरे कडा प्रतिवादको चेतावनी !


काठमाडौंः नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गरी यस्तो चाडपर्वहरू नजिकिएको समयमा नेपाल आयल निगमद्वारा गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिले गम्भिर ध्यानाकर्षण भन्दै यस्तो माग गरेका हुन् । उनले २४ घण्टा खारेज नगरे कडा प्रतिवादको चेतावनी दिएका छनु ।

‘खाना पकाउने ग्याससंगै डिजेल, पेट्रोल र मट्टीतेलको भाउको अस्वभाविक मूल्य वृद्धि नेपाली जनताको ढाड सेक्ने गरी कोही कसैबाट पनि भएका निर्णय हामीलाई मान्य हुने छैन । विश्वव्यापी आर्थिक मन्दीको चेपुवामा निम्न आयमा गुजारा गर्नुपर्ने बाध्यतामा बसिरहेका नेपाली जनतालाई राहत महसुस हुने गरी कार्य गर्ने समय हो । त्यसैले सरकारले हस्तक्षेप गरी तत्काल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गर्दछ,’वज्ञप्तिमा भनिएको छ,’कर पुर्नविचार गर्न, अनावश्यक करहरु हटाउन र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि २४ घण्टा मित्र खारेज गरियोस् अन्यथा ने वि संघ कडा प्रतिवाद गर्न बाध्य हुनेछ ।’

 


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?