Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

कांग्रेसलाई दुःख दिने गृहमन्त्री श्रेष्ठको नियत देखियो : भीम पराजुली


७ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले कोशी प्रदेशमा सरकारको स्थिरताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्णायक वार्ता गरी नयाँ समीकरण निर्माण गर्नुपर्ने बताएका छन् ।

आइतबारको केन्द्रीय समिति बैठकमा उनले राप्रपा सँग तालमेल नगरिकन अघि बढ्दा पटकपटक अस्थिरता दोहोरिएको बताए । ‘कोशी प्रदेशको सरकार गठन सन्दर्भमा राप्रपा सँग तालमेल नगरिकन अघि बढ्दा पटकपटक अस्थिरता दोहोरिएको छ,’ उनी भन्छन्, ‘कोशी प्रदेशमा सरकारको स्थिरता खोज्ने हो भने राप्रपासँग निर्णायक बार्ताअघि बढाएर नयाँ समीकरण निर्माण गर्नुपर्दछ ।’

पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहारबारे सरकारमा सम्मिलिति नेताहरुको धारणा के हो भन्दै प्रश्न गरे ।

कांग्रेसलाई छानिछानि दुःख दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको नियत रहेको भन्दै पार्टीले गम्भीर समिक्षा गर्नुपर्ने उनको भनाइ छ । ‘सुन प्रकरणमा नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम सबै समाचार माध्यममा आएका छन् । उनलाई न पक्राउ गरिन्छ न कुनै मुद्दा चल्छ,’ उनले भने, ‘तर, हाम्रा नेताहरुमाथि पूर्वाग्रही ढंगबाट टुँगिसकेको मुद्दालाई कहिले नेता बिजय गच्छदारलाइ पक्राउ पुर्जी जारि गरिन्छ त कहिले सांसद सुनिल शर्मालाई हिरासतमा राखिन्छ । कांग्रेसलाई छानिछानि दुःख दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको नियत देखियो । यसको समिक्षा हुनुपर्छ ।’

यस्तै उनले वैदिक सनातन हिन्दु राष्ट्रको पक्षमा कांग्रेस उभिनुपर्ने बताए । ‘यसले मात्र देश र कांग्रेसको कल्याण हुन्छ भन्नेमा म विश्वास राख्दछु र यसलाई लिएर कांग्रेस अगाडि बढ्नुपर्दछ भन्ने विचार राख्दछु,’ उनले भने ।

सरकारलाई महँगी नियन्त्रणमा यथोचित कदम चाल्न उनको आग्रह छ । गतसाता मात्र भारतमा सम्पन्न टी टु सम्मेलनमा नेपालको किन उपस्थिति हुन सकेन भन्दै प्रश्न गरेका थिए । ‘हामीले समयमै सुजबुझपूर्ण तयारी गरेको भए बँगलादेशले जस्तै अवर प्राप्त गर्न सक्थ्यौं । हाम्रो कुटनिति कहाँ चुक्यो हामीले गम्भिर ढँगले यस बिषय बारे आत्मसमिक्षा गर्नुपर्दछ,’ उनले भने । देशमा भ्रष्ट्राचार र अनियमितता विकराल स्वरुपमा पुग्दा पनि कांग्रेस मौन बसेको उनको गुनासो थियो ।

यस्तै उनले देशमा युवा पलायन एवं बौद्धिकता र सीपको पलायन भएको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी लगायतका बिषयमा कांग्रेसको नीति जनताले जान्न चाहेको पराजुलीको भनाइ छ । ‘कांग्रेसले कसरी सम्बोधन गर्छ ? जनताले हेरिरहेकाछन्, यसमा गम्भिर समिक्षा गरि आवश्यक कदम चाल्न अनुरोध गर्दछु,’ उनले भने ।

कोशी प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्मण गर्न आबश्यक पहलकदमी लिन उनको अनुरोध छ ।


प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?