Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

इञ्जिनियरिङको शुल्क वृद्धि मान्य नहुने संयुक्त विद्यार्थी आन्दोलनको चेतावनी !


काठमाडौंः संयुक्त विद्यार्थी आन्दोलनले इञ्जिनियरिङ अध्ययन संस्थानले शुल्क वृद्धि गरे मान्य नहुने चेतावनी दिएको छ । आज इञ्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालयको प्रांगणमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पुरानै शुल्क कायम गर्न माग गरे ।

यसअघि आइओई र विद्यार्थी संगठनकातर्फबाट प्रतिनिधि रहने गरि शुल्क पुनरावलोकनका लागि समिति बनेको थियो । सो समितिमा रहेका विद्यार्थी संगठनको प्रतिनिधिको सहमतिविनै समितिले एकलौटी रुपमा करिब साढे ५ लाख शुल्क तोक्ने तयारी गरेको भन्दै आपत्ति जनाएको हो ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइओईले एकलौटी शुल्क वृद्धि गरे आन्दोलनको विकल्प नरहने बताए । उनले आफुहरु जिम्मेवार बनेपनि आइओईका पदाधिकारी गैरजिम्मेवार बन्दा धैर्यताको बाँध फुट्न लागेको बताए । ‘आइओको प्रवेश परिक्षा निर्धारित समयमै गर्न हामी चेतावनी दिन चाहन्छौं । आइओईलाई धराशयी बनाउने र नीजि संस्थालाई पोस्ने षड्यन्त्रअन्तर्गत प्रवेश परिक्षा सार्ने कुरा हामलिाई मान्य हुँदैन,’ अध्यक्ष शेर्पाले भने, ‘अवैज्ञानिक रुपमा गरिने शुल्क वृद्धि मान्य हुादैन । अहिले पुरानै शुल्क कायम गरिनुपर्छ ।’

अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले पनि शुल्क वृद्धि मान्य नहुने बताउँदै आइओईका पदाधिकारीको भण्डाफोर गर्ने बताइन् । समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश प्रसाद यादवले पनि संयुक्त विद्यार्थी आन्दोलनसँग गरिएको सहमतिमा बेइमानी गरिए चुप नबस्ने चेतावनी दिए ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?