Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मकै बाली जोगाउन रातभर जाग्राम


२७ भदौ, अछाम । अछामका कृषक मकै बाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छन् । पाक्नै लागेको मकै बाली जङ्गली जनावरले खान थालेपछि किसान मकै बारीभित्रै पाल हालेर रातभर जाग्राम बस्दै आइरहेका छन् ।

“मकै बाली दिनभर बाँदरले, रातभर बँदेलले खाएर हैरान पार्छन्, सुत्नसमेत पाइँदैन”, मङ्गलसेन नगरपालिका–७ का कृषक दुर्गाप्रसाद ढुङ्गानाले भने । किसानले मकै जोगाउन बारीभरि मान्छेका जस्तै पुत्ला बनाएर खडा गरेका छन् भने रातभर बाजागाजा बजाउँदै, होहल्ला गर्दै बस्ने गरेका छन् । दिनभरि बाँदर र रातभरि बँदेल आतङ्कले बारीका मकै सखाप हुन थालेको कृषक प्रेम भण्डारीले बताए । “रातभरि जाग्राम बस्नुपर्छ, रातिमा कतिबेला कहाँबाट बँदेल आउँछ थाहा हुँदैन”, भण्डारीले भने । वर्षभरि खाने खेतीमा बाँदर र बँदेलको आतङ्क नियन्त्रण गर्न नसकिएको उनले बताए ।

बँदेल र बाँदर नियन्त्रण गर्नका लागि स्थानीय सरकारले योजना बढाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । बाँदर र बँदेलले मकैबारी सखाप बनाउन थालेपछि कृषक चिन्तित बनेका छन् । जिल्लाका विभिन्न गाउँमा बाँदरले मकैलगायतका अन्नबाली सखाप पार्न थालेका छन् । बिहानदेखि बेलुकासम्म मकैबारीमा बस्दा पनि अन्नबाली जोगाउन नसकिएको कृषकहरूको गुनासो छ । साउनयता हालसम्म जिल्लामा जङ्गली जनावरको आक्रमण बाट एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृतकका परिवारलाई १० लाख राहत रकम र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने डिभिजन वन कार्यालयका वन अधिकृत विमल चन्दले बताए ।

त्यस्तै उनका अनुसार जिल्लाका किसानको अन्नबाली जङ्गली जनावरले नोक्सान पु¥याएको भन्दै एक सय १८ कृषकको राहतका लागि सिफारिस आएको र उनीहरुलाई डिभिजन वन कार्यालयको मूल्याङ्कन समितिले क्षतिको मापन गरी कम्तीमा १० हजार आर्थिक राहत उपलब्ध गराउनेछ । जिल्लामा जङ्गली जनावर बाघ तथा चितुवाको आक्रमणबाट १६ किसानका २९ पशु चौपायाको मृत्यु भएको र किसानलाई राहतस्वरुप प्रतिबाख्रा तथा खसीको १० हजार एवं गाई, गोरु र भैँसीको ६० हजार रकम सहयोग गरिने डिभिजन वन कार्यालयले जनाएको छ ।

किसानहरुको अन्नबाली जङ्गली जनावरले सखाप पार्न थालेपछि पुर्खौंदेखि गर्दै आएको कृषि पेसा छाड्नुपर्ने अवस्था सिर्जना भएको कृषक बताउँछन् । साथै कसानहरुले यसको वैकल्पिक उपाय पनि खोज्न थालेका छन् ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?