Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

मकै बाली जोगाउन रातभर जाग्राम


२७ भदौ, अछाम । अछामका कृषक मकै बाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छन् । पाक्नै लागेको मकै बाली जङ्गली जनावरले खान थालेपछि किसान मकै बारीभित्रै पाल हालेर रातभर जाग्राम बस्दै आइरहेका छन् ।

“मकै बाली दिनभर बाँदरले, रातभर बँदेलले खाएर हैरान पार्छन्, सुत्नसमेत पाइँदैन”, मङ्गलसेन नगरपालिका–७ का कृषक दुर्गाप्रसाद ढुङ्गानाले भने । किसानले मकै जोगाउन बारीभरि मान्छेका जस्तै पुत्ला बनाएर खडा गरेका छन् भने रातभर बाजागाजा बजाउँदै, होहल्ला गर्दै बस्ने गरेका छन् । दिनभरि बाँदर र रातभरि बँदेल आतङ्कले बारीका मकै सखाप हुन थालेको कृषक प्रेम भण्डारीले बताए । “रातभरि जाग्राम बस्नुपर्छ, रातिमा कतिबेला कहाँबाट बँदेल आउँछ थाहा हुँदैन”, भण्डारीले भने । वर्षभरि खाने खेतीमा बाँदर र बँदेलको आतङ्क नियन्त्रण गर्न नसकिएको उनले बताए ।

बँदेल र बाँदर नियन्त्रण गर्नका लागि स्थानीय सरकारले योजना बढाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । बाँदर र बँदेलले मकैबारी सखाप बनाउन थालेपछि कृषक चिन्तित बनेका छन् । जिल्लाका विभिन्न गाउँमा बाँदरले मकैलगायतका अन्नबाली सखाप पार्न थालेका छन् । बिहानदेखि बेलुकासम्म मकैबारीमा बस्दा पनि अन्नबाली जोगाउन नसकिएको कृषकहरूको गुनासो छ । साउनयता हालसम्म जिल्लामा जङ्गली जनावरको आक्रमण बाट एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृतकका परिवारलाई १० लाख राहत रकम र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने डिभिजन वन कार्यालयका वन अधिकृत विमल चन्दले बताए ।

त्यस्तै उनका अनुसार जिल्लाका किसानको अन्नबाली जङ्गली जनावरले नोक्सान पु¥याएको भन्दै एक सय १८ कृषकको राहतका लागि सिफारिस आएको र उनीहरुलाई डिभिजन वन कार्यालयको मूल्याङ्कन समितिले क्षतिको मापन गरी कम्तीमा १० हजार आर्थिक राहत उपलब्ध गराउनेछ । जिल्लामा जङ्गली जनावर बाघ तथा चितुवाको आक्रमणबाट १६ किसानका २९ पशु चौपायाको मृत्यु भएको र किसानलाई राहतस्वरुप प्रतिबाख्रा तथा खसीको १० हजार एवं गाई, गोरु र भैँसीको ६० हजार रकम सहयोग गरिने डिभिजन वन कार्यालयले जनाएको छ ।

किसानहरुको अन्नबाली जङ्गली जनावरले सखाप पार्न थालेपछि पुर्खौंदेखि गर्दै आएको कृषि पेसा छाड्नुपर्ने अवस्था सिर्जना भएको कृषक बताउँछन् । साथै कसानहरुले यसको वैकल्पिक उपाय पनि खोज्न थालेका छन् ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?