Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

रूसले चीन लाने ग्यास पाइपलाइनको मार्गलाई अन्तिम रुप दिने


२२ भदाै, एजेन्सी । रूसले चीनलाई थप प्राकृतिक ग्यास आपूर्ति गर्ने विशाल परियोजना ‘पावर अफ साइबेरिया २’ पाइपलाइनका लागि मार्गको आफ्नो पक्षलाई छिट्टै अन्तिम रुप दिने बताएको छ ।

युक्रेनमा भएको सैन्य आक्रमणले एसियाली क्रेताहरूको पक्षमा युरोपेली बजारबाट टाढा जान बाध्य पारेपछि मस्कोले अर्को वर्ष पाइपलाइन निर्माण सुरु गर्ने योजना बनाएको छ ।

रूसी पत्रिका इनर्जी पोलिसीलाई दिएको अन्तर्वार्तामा रूसका उपप्रधान तथा ऊर्जा मन्त्री अलेक्जेन्डर नोभाकले भने, “यो अन्तिम चरणमा छ ।”

“पाइपलाइन अचिन्स्क शहर नजिकै दक्षिणी साइबेरिया हुँदै मङ्गोलियन सीमामा पुग्नुअघि क्रास्नोयास्र्क र इरकुट्स्कतर्फ पूर्वतर्फ मोडिनेछ,” नोभाकले भने ।

मार्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्कोको भ्रमण गर्दा राष्ट्रपति भ्लादिमिर पुटिनले पाइपलाइनका लागि दुई देशबीच ‘सबै सम्झौता’ भइसकेको बताएका थिए ।

नोभाकले चिनियाँ नेताको भ्रमणका क्रममा रूसी र चिनियाँ कम्पनीले यस वर्षको अन्त्यसम्ममा पाइपलाइनको सम्झौतामा हस्ताक्षर गर्ने बताउनुभएको थियो । तर यसको निर्माण कार्य सम्पन्न गर्ने समय तालिका भने अस्पष्ट छ ।

हाल, रूसले सन् २०१९ मा सुरु भएको पावर अफ साइबेरिया–१ पाइपलाइनमार्फत उत्तरपूर्वी साइबेरियाबाट चीनतर्फ आफ्नो ग्यास निर्यात गर्दै आएको छ ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?