Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

रूसले चीन लाने ग्यास पाइपलाइनको मार्गलाई अन्तिम रुप दिने


२२ भदाै, एजेन्सी । रूसले चीनलाई थप प्राकृतिक ग्यास आपूर्ति गर्ने विशाल परियोजना ‘पावर अफ साइबेरिया २’ पाइपलाइनका लागि मार्गको आफ्नो पक्षलाई छिट्टै अन्तिम रुप दिने बताएको छ ।

युक्रेनमा भएको सैन्य आक्रमणले एसियाली क्रेताहरूको पक्षमा युरोपेली बजारबाट टाढा जान बाध्य पारेपछि मस्कोले अर्को वर्ष पाइपलाइन निर्माण सुरु गर्ने योजना बनाएको छ ।

रूसी पत्रिका इनर्जी पोलिसीलाई दिएको अन्तर्वार्तामा रूसका उपप्रधान तथा ऊर्जा मन्त्री अलेक्जेन्डर नोभाकले भने, “यो अन्तिम चरणमा छ ।”

“पाइपलाइन अचिन्स्क शहर नजिकै दक्षिणी साइबेरिया हुँदै मङ्गोलियन सीमामा पुग्नुअघि क्रास्नोयास्र्क र इरकुट्स्कतर्फ पूर्वतर्फ मोडिनेछ,” नोभाकले भने ।

मार्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्कोको भ्रमण गर्दा राष्ट्रपति भ्लादिमिर पुटिनले पाइपलाइनका लागि दुई देशबीच ‘सबै सम्झौता’ भइसकेको बताएका थिए ।

नोभाकले चिनियाँ नेताको भ्रमणका क्रममा रूसी र चिनियाँ कम्पनीले यस वर्षको अन्त्यसम्ममा पाइपलाइनको सम्झौतामा हस्ताक्षर गर्ने बताउनुभएको थियो । तर यसको निर्माण कार्य सम्पन्न गर्ने समय तालिका भने अस्पष्ट छ ।

हाल, रूसले सन् २०१९ मा सुरु भएको पावर अफ साइबेरिया–१ पाइपलाइनमार्फत उत्तरपूर्वी साइबेरियाबाट चीनतर्फ आफ्नो ग्यास निर्यात गर्दै आएको छ ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?