Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

विद्रोहीले थापेको धरापमा पाँच सैनिक मारिए


१५ भदाै, एजेन्सी । सन्दिग्ध विद्रोहीले थापेको विद्युतीय धरापमा परी फिलिपिन्समा पाँच जना सैनिकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

राजधानी मनिलाको दक्षिणपूर्वमा रहेको क्वेजोन प्रान्तमा शुक्रबार बिहान संदिग्ध न्यू पिपुल्स आर्मी ९एनपीए० विद्रोहीले थापेको विद्युतीय धरापमा परी सरकारी सेनाका पाँच जवानको मृत्यु हुनका साथै अन्य तीन जना घाइते भएका फिलीपिनी सेनाको दक्षिणी लुजोन कमाण्डका प्रवक्ता डेनिस कानाले बताएका छन् ।

देशका ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रित गर्दै आएका विद्रोहीविरुद्ध कारवाही गर्न ट्यागकावायन सहरमा गइरहेका बेला उक्त दुर्घटना भएको जनाउँदै प्रवक्ता कानाले उक्त क्षेत्रमा विद्रोहीविरुद्धको कारवाहीलाइ अझ सशक्त बनाउन थप सैन्यबल परिचालन गरिएको बताएका छन् ।

सन् १९६९ देखि एनपीए विद्रोहीहरू जनसाधारण, सशस्त्र बललगायत सुरक्षा निकायका सदस्यलाई आक्रमण गर्दै आएका छन् । सैन्य तथ्याङ्कअनुसार एनपीएमा दुई हजारको हाराहारीमा सदस्यहरू छन् । सन् ८० को दशकमा यो समूहसँग २० हजार सदस्य आबद्ध थिए । क्रान्तिकारी विद्रोहको माध्यमबाट सत्ता हासिल गर्न सकिन्छ भन्ने कम्युनिष्ट पार्टी एनपीएले ५४ वर्षदेखि सञ्चालन गरेको छापामार युद्धमा ४० हजारभन्दा बढीको मृत्युभएको छ ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?